‘बजेट राम्रो तर कार्यान्वयनमा चुनौती’
आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटप्रति बाँकेका उद्योगी व्यवसायीले सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयनमा चुनौती र शङ्का व्यक्त गरेका छन् । जिल्लाका अधिकांश उद्योगी व्यवसायीले आर्थिक सङ्कटको समयमा आएको यो बजेटले कागजमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको देखिए पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेकाले कार्यान्वयनमा शङ्का व्यक्त गरेका हुन् ।
अवैध उत्खनन् गरेको विरोधमा पालिका घेराउ
दाङको राजपुर गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ ।
‘अखण्ड भारत’को नक्साप्रति एमाले रुपन्देहीको आपत्ति
भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम उल्लेख गरिएको छ ।
सिकलसेल र थालेसेमियाका बिरामी बढ्दै
पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिँदै गएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परेको चिकित्सकहरूले जनाएको छ ।
सल्यानमा वृहत् पढाइ मेला
पठन संस्कृतिको विकासका लागि पहिलो पटक पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न भएको छ । शारदा नगरपालिका २ स्थित त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा पढाइ मेला सम्पन्न भएको हो ।
कपास खारेजीको निर्णयले किसान अन्यौलमा
बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिले चालु आर्थिक वर्ष २०७९/८० मा तीन करोड रुपियाँको कपास विक्री गरेको छ ।
गुल्मीमा जनप्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण
नेपाली कांग्रेस गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ। जिल्ला पार्टी कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण दिएको हो।
बाँके निकुञ्जमा पानी सुकेपछि ८० वटा पोखरीमा पानी राखियो
जेठ महिनाको चर्को घाम र अत्यधिक गर्मीले बाँके राष्ट्रिय निकुञ्जभित्रका अधिकांश प्राकृतिक पोखरीहरू सुकिसकेका छन् ।
पूर्ण अधिकार नआउँदा चुनौती थपिएको छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरी १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको हो ।
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ ।
तम्घास बजारको सडक पुन : कालोपत्रे
गुल्मीको तम्घास बजारमा पुनःकालोपत्रे गरिएको छ । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नाराका साथ अगाडी बढिरहेको नगरपालिकाले सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको हो ।
लुम्बिनी केबुलकार आजदेखि सञ्चालन
लुम्बिनी केबुलकारले बुटवलमा सोमबारदेखि आफ्नो व्यावसायिक कारोबार सुरु गर्ने भएको छ। केबुलकार प्रालिका तर्फबाट आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सो केबुलकारका अध्यक्ष चन्द्र ढकालले सोमबारदेखि व्यावसायिक रूपमा केबुलकार सञ्चालन गर्न लागिएको बताउनुभयो।
रोकिएन नदीजन्य पदार्थको चोरी निकासी
लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो।
दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षाः प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताउनुभएको छ । उहाँले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गर्नुभएको छ ।
पाठेघरको क्यान्सरबाट बच्न नियमित स्वास्थ्य शिविर
नेपालगञ्ज उप-महानगरपालिकाले समयमै पहिचान गरी उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले टोलस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
जमुनहामा आगलागी हुँदा ११ घर जलेर नष्ट
बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
कोरिडोरको पर्वत खण्डमा ६५ प्रतिशत प्रगति
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ ।
सामुदायिक विद्यालय : जहाँ भर्ना पाउनै मुस्किल छ
बाँकेको नेपालगञ्जस्थित धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाउनु पर्छ । विद्यार्थीको चाप थेग्न नसकेपछि यसवर्षको विद्यार्थी भर्ना कार्यक्रम बन्द गरिएको प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिनुभयो ।
पुल नहुँदा सास्ती
बाँकेको राप्तीसोनारी गाउँपालिका–५ को ललही गाउँको खोलामा वर्षौंदेखि माग गरे पनि पुल नबन्दा सो क्षेत्रका बासिन्दाले आवागमनमा समस्या भागिरहेका छन्। ललही गाउँबाट बिनौना र राप्ती नदीतर्फ जाने बाटोमा रहेको खोलामा पुल नहुँदा सबैभन्दा बढी समस्या दाहसंस्कारका लागि शव लिएर राप्ती नदीमा जान समस्या हुने गरेको स्थानीयले जनाएका छन्। वडा नं. ५ का वडाध्यक्ष झगरु थारूले यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि खोलामा पुल बनाउन माग गर्दै आए पनि सुनुवाइ हुन नसकेको बताउनुभयो।
सिद्धार्थनगरलाई सफा बनाउन डस्टबिन वितरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ को रूपमा विकसित गर्न नगरपालिकाले डस्टबिन वितरण गरेको छ ।
विजयनगरको ढलान सडक भासियो
कपिलवस्तुको विजयनगर गाउँपालिका –५ देवीपुर सडकको पीसीसी भासिएको छ । प्रदेश समानीकरण अनुदानमार्फत निर्माण भएको कृषि सडकको पुल नजिकको भाग भासिएको हो ।
दाङको चौघरा मन्दिर अर्थात् गोरक्ष रत्ननाथ (फोटो फिचर)
दाङको घोराही उपमहानगरपालिका चौघरामा रहेको प्रख्यात गोरक्ष या रत्ननाथ या चौघरा मन्दिर भक्तजनको मुख्य तीर्थस्थल बन्दै गएको छ। भगवान् गोरखानाथका शिष्य रत्ननाथबाट यस मठको निर्माण भएको मानिएको यो मन्दिर पछिल्लो समय सबैको आस्थाको केन्द्र बनेको छ।
तानसेनमा २९० जनाले रोजगार पाउने
तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रबार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए ।
न्यायका लागि धाउँदै छन् मिटरब्याजपीडित
भैरहवाको गल्लामन्डीमा सामान्य व्यवसाय गर्दै आउनुभएकी नेहा बर्मा न्यायका लागि जिल्ला प्रशासन कार्यालय भैरहवामा धाउन थालेको झन्डै एक महिना भयो। जिल्ला प्रशासन कार्यालय धाउनुका कारणबारे उहाँले भन्नुभयो, “मिटरब्याजपीडितले फसाए, त्यसैले न्याय माग्न आएकी हुँ।”