नेपालगञ्ज–गुलरीया सडक निर्माण द्रुतगतिमा
सडक निर्माण गरिँदा सबैभन्दा झन्झटिलो काम रुख विरुवा काट्नेमा हुनेगरेको छ । नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम अघि बढेपछि भने छोटो समयमै सडकको बीचभागमा पर्ने रुखहरु हटाइएको छ । सडकका पोलहरु सारिएका छन् ।
पर्यटनमा बुटवलको छलाङ
बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ ।
प्रदेश सभाको अधिवेशन आजदेखि
लुम्बिनी प्रदेश सभाको अधिवेशन यही जेठ १२ शुक्रबारदेखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ का लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशको दोस्रो अधिवेशन (बजेट अधिवेशन) आह्वान भएको जनाएको छ ।
आठ सहकारी संस्था एकीकरण
बाँकेमा सहकारी संस्थालाई सुदृढ र झन् बलियो बनाउन जिल्लाका आठ वटा सहकारी संस्थाले एकीकरण गरेर एकीकृत कारोबार गर्ने निर्णयमा पुगेका छन् । कोराना महामारीपछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू राम्रो तरिकाले सञ्चालन हुन नसकेको जनाउँदै बाँकेका आठ वटा साना किसान सहकारी संस्था ‘अष्टम साना किसान कृषि सहकारी संस्था’ को नाममा एकीकरण भएका हुन् ।
नक्सापास नगर्नेको सेवा कटौती गरिने
दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ ।
प्युठानमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
जिल्लाको गौमुखी गाउँपालिका –५ खुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँकेमा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग
विकास निर्माणमा अझै पनि पिछडिएको र दुर्गम मानिने बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
भेरी अस्पतालमा ३० शय्याको इमरजेन्सी वार्ड
भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ ।
रोजगार मेलामा ५५० जनाको आवेदन
बुटवलमा भएको दुई दिने रोजगार मेलामा साढे पाँच सय जनाले रोजगारीका लागि आवेदन परेको छ ।
विद्यालयमा पुगेर आँखा परीक्षण
कपिलवस्तुका एक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ । विद्यार्थीलाई लक्षित गर्दै नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।
नुवाकोट–बल्ढेङगढी पद मार्गको काम अलपत्र
रुपन्देहीको बुटवलदेखि सात किलोमिटर उत्तर चुरेमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म बनाउन लागिएको पद मार्ग (फुट ट्र्याक) अलपत्र अवस्थामा रहेको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको पद मार्ग निर्माणको काम सरोकारवालाले बेवास्ता गर्दा अलपत्र परेको हो।
पाँच सय स्थानमा आगलागी
एक महिनाको अवधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन्। वैशाख लागेपछि जिल्लाका अधिकांश स्थानमा आगलागीका घटना भएका छन्। जिल्लाको तिनाउ गाउँपालिका क्षेत्रमा १०१, माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ। यस्तै रिब्दीकोटमा ५८, निस्दी गाउँपालिकामा ५३, रम्भामा आठ र बगनासकालीमा तीन, रामपुर नगरपालिकामा ३७ र तानसेन नगरपालिकामा १५ स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।
हराभरा बन्दै सिद्धार्थनगर
जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग मत माग्नुभएका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रतिबद्धता कार्यान्वयन हुन थालेपछि सिद्धार्थनगर हराभरा र सुन्दर देखिन थालेको छ। स्थानीय तहको निर्वाचनका व्रmममा उम्मेदवार बनेका खानले आफूले जति मत ल्याउँछु, उति नै बिरुवा रोप्छु भनी सङ्कल्प गर्नुभएको थियो। नगर प्रमुख खान त्यही सङ्कल्पअनुरूप अघि बढेकाले नगरको सुन्दरता बढ्दै गएको हो। उहाँले निर्वाचनका बेला मत बराबरको रुख र फूलको बिरुवा रोप्ने उद्घोष गर्नुभएको थियो। नगर प्रमुख खानले भन्नुभयो, “यो काम सञ्चालन भइरहेको छ, यो निरन्तर अघि बढ्छ।”
सत्र पक्की पुल निर्माण गरिँदै
लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेका छन् । बहुवर्षीय आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने अरू नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगन्जले जनाएको छ ।
बजेट निर्माणमा जुट्यो लुम्बिनी सरकार
सरकार निर्माणले पूर्णता नपाउँदा अलमलमा रहेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । सरकारले पूर्णता पाएपछि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माणको लागि रायसुझाव सङ्कलन थालेको छ । सल्लाह सुझावका आधारमा सरकारले अधुरा योजनालाई पूरा गर्ने गरी बजेट निर्माणको काम थाल्ने भएको छ ।
गौतम बुद्ध विमानस्थल सञ्चालनबारे भारतसँग छलफल
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत पुगेको प्राविधिक टोलीले बुधबार भारतीय नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थल सञ्चालनमा देखिएका प्राविधिक समस्याबारे छलफल गरेको छ।
नर्सहरूको ऐक्यबद्धता
आफ्नो पेशागत सुरक्षालगायतका माग लेखेका प्लेकार्ड बोकेर बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अगाडि उभिएका प्रतिष्ठानका नर्सिङ स्टाफ तथा डाक्टरहरु ।
थालेसेमियाका बिरामीलाई निःशुल्क औषधि वितरण
थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि भेरी अस्पतालमा पहिलो पटक निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका लागि आउने बिरामीले यसअघि आफैले किन्थे ।
दुई पुरुषको लडेर मृत्यु
पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुरका एक जना र पूर्वखोलाका एक जना गरी दुई जना पुरुषको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
लालपुर्जाको आसमा सुन्तली र तुलसीराम
भीरकान्ला छेउमै एक कोठाको कच्ची घर, त्यही घर पनि ऐलानी जग्गामा रहेको छ । तुलसीपुर उपमहानगरपालिका –६ गौरीडाँडाका सुन्तली नेपाली सात दशक पूरा गर्नुभएको छ भने तुलसीराम आठ दशकमा टेक्दै हुनुहुन्छ ।
वन क्षेत्र कब्जा गरेर चुनढुङ्गाको अवैध डम्पिङ्ग
अर्घाखाँचीको नरपानीबाट ओसारिएको चुनढुङ्गाको अवैध डम्पिङ्गले बुद्धभूमिका स्थानीय प्रभावित भएका छन् । हेटौँडाको बानिया निर्माण सेवा प्रालिले स्वीकृति नलिई बुद्धभूमि -१ कपासेमा दुई वर्षदेखि डम्पिङ्ग गर्दै आएको थियो ।
पाँच अर्ब ५० करोड लागतमा १७ पक्की पुल निर्माण गरिँदै
लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ । बहुवर्षीय आयोजनामध्ये तीनवटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले जनाएको छ ।
नदीमा डुबेर दुई युवतीको मृत्यु
बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका –४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।