विषादी परीक्षण गर्न माग
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र भिœयाउन बाँकेका उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन केही दिनअघि यहाँका उपभोक्ता अधिकारकर्मी र मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले भारतबाट आउने तरकारीको गुणस्तर परीक्षण निरन्तर भइरहेको दाबी गरेको छ । भन्सार कार्यालयले पठाउने गरेको नमुना परीक्षण निरन्तर भइरहेको र परीक्षणबिना तरकारी नभित्रिएको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुख सन्तोष दाहालले गर्नुभयो ।
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् ।
सात करोड लगानीमा च्याउ उद्योग
पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ ।
बालिका हत्या प्रकरण मलामी अनुसन्धानको घेरामा
रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकी समेत अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।
हात्तीपाइले रोगविरुद्धको औषधि : लक्ष्य पूरा नहुँदा थपियो समय
नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान लक्ष्यअनुरूप सफल नभएपछि अभियानको समय थप गरिएको छ। १२ पटकसम्म अभियान चलाउँदा पनि धेरैले औषधि नखाएपछि १३औँ पटक यस वर्ष फेरि अभियान चलाइएको हो। शतप्रतिशत ‘कभरेज’को लक्ष्य लिएर १३औँ पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत ५० प्रतिशत पनि कभरेज नभएपछि १५ दिन समय थप गरिएको छ। फागुन ११ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म उपमहानगरमा ४८ प्रतिशतले मात्र औषधि सेवन गरेकाले १५ दिन थप
बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार बुटवलको शिद्धेश्वरी चौरमा सुरु भएको छ ।
लुम्विनीमा एकेडेमीको राष्ट्रिय भेलाको तयारी
सबैका लागि खेदकुद भन्ने नाराका साथ खेल गतिविधि र खेल शिक्षा अभियान सञ्चालन गर्दैआएको मदन भण्डारी स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेभएको छ ।
२१ वटा बेवारिसे बन्दुक फेला
जिल्लामा एक महिनामा २१ वटा बेवारिसे भरुवा बन्दुक फेला परेका छन् । फागुन महिनामा फरक–फरक स्थान र समयमा बेवारिसे २१ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
स्थानीय पाठ्यक्रम निर्माण गर्दै इस्मा गाउँपालिका
गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि यस गाउँपालिकाले पहिलो चरणको बैठक सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कँवरले जानकारी दिनुभयो ।
नारामै सीमित नौमुरे परियोजना
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ । निर्वाचनका बेला विभिन्न राजनीतिक पार्टीका उम्मेदवारको विशेष प्राथमिकतामा पर्ने यो परियोजना चुनाव सकिएपछि ओझेलमा पर्ने गरेको छ । लुम्बिनी प्रदेशका पाँच जिल्लावासीलाई प्रत्यक्ष फाइदा पुग्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सकिएको ३६ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्नै राजनीतिक व्यवस्था फेरिए पनि योजनाका काम अलपत्र छन् ।
पर्यटकको आकर्षण जिप लाइन
साहसिक खेलका रूपमा लिइने ‘जिप लाइन’ व्यवसायले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ। रिब्दीकोट–४ स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको ‘जिप लाइन’मा रमाइलो गर्न आउने पर्यटक बढेका हुन्। दस महिनाअघिदेखि भैरवस्थान मन्दिर परिसरमा निर्माण भएपछि जिप लाइनमा चढ्न आउने पर्यटक बढेका हुन्। पाका पुस्ताको तुलनामा युवकयुवतीले जिप लाइन चढेर मनोरञ्जन लिने गरेका छन्।
खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित
खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गर्नुभयो । “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको छ”, उहाँले भन्नुभयो, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।”
नेपालगञ्जमै थन्कियो हुम्लाको चामल
पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट दुई सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म दुई सय क्विन्टल मात्र चामल पठाएको हो । गत असार मसान्तसम्म एक हजार पाँच सय क्विन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी नभएको जानकारी दिनुभयो ।
एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन् । शनिबार कास्कीको माछापुच्छ गाउँपालिकामा आयोजित समन्वयात्मक कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षहरूले यस्तो माग गरेको हुन् । माछापुच्छे« गाउँपालिकाको संयोजनमा एक्यापभित्र पर्ने १५ पालिका प्रमुख र उपप्रमुखहरू भेलाले छ बुँदे माग गरेका छन् ।
उद्योग बचाउन चुनौती
रुपन्देहीका उद्योगीले उद्योग व्यवसाय जोगाउन कठिन भएको बताएका छन् । विश्व आर्थिक मन्दीको प्रभाव, बैङ्कको चर्को ब्याज, स्वदेशी उद्योगलाई प्रोत्साहनको अभाव र जग्गा भाडा वृद्धि लगायतका कारण उद्योग बचाउनै चुनौती रहेको बताउनुभएको हो । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष एजाज आलमले अहिले उद्योगीको अनुहारमा हाँसो हराएको चर्चा गर्दै उद्योग बचाउन चुनौती रहेको बताउनुभयो । उहाँले बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महँगो
वैशाखदेखि फ्रेन्च फ्राइज उत्पादन
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा स्थापना भएको फस्र्ट च्वाइस फुड्स प्रालिले वैशाखदेखि उत्पादन थाल्ने तयारी सुरु गरेको छ । फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्देश्यले २०७४ सालमा यो उद्योग दर्ता भएको थियो । अहिले उद्योगको भवनलगायत अन्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गुल्मी शिक्षक संघको नयाँ नेतृत्व सर्वसम्मत
शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको शिक्षक संघ जिल्ला कार्यसमितिको नवौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो।
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु
बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मुआब्जा विवादले आयोजना प्रभावित
पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङधारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाइ भएको छ। मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीले मुआब्जाबापतको रकम नबुझेपछि सबस्टेसन निर्माणको काममा ढिलाइ भएको हो। पाल्पासहितका जिल्लाको विद्युत् अवरोध हटाउन चिर्तुङधारामा सबस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ। त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ। यद्यपि एक वर्षको अवधिमा पनि जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिएको छैन।
लुम्बिनी प्रदेश सभा सचिवालयमा पुस्तकालय
प्रदेशको नीति निर्माणमा केन्द्रित रहने प्रदेश सभा सदस्यका लागि लुम्बिनी प्रदेश सभा सचिवालयमा अलग्गै पुस्तकालय स्थापना गरिएको छ। प्रदेश सभा सदस्य तथा कर्मचारीलाई कानुन निर्माण क्रममा आवश्यक जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख सङ्ग्रहका लागि पुस्तकालय स्थापना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताउनुभयो।
चामल बोकेका कन्टेनर अलपत्र
अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।
‘बुटवल–नारायणगढ सडकको काम द्रुत स्तरमा नभए ठेक्का तोडिने’
उपप्रधानमन्त्रीसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम अगाडि नबढ्ने र समयभित्र सम्पन्न हुुन नसके सरकार ठेक्का तोड्न बाध्य हुने बताउनुभएको छ ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग
गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्ग निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जिवनमरणको दोसाधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।
तीन तहका सरकारबीच समन्वय अभाव
दाङको गढवा गाउँपालिकाले गत भदौमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रक्रिया सुरु ग-यो। सबै प्रक्रिया पूरा गर्दा पनि ठेक्का लगाउन छ महिना बित्यो। राप्ती गाउँपालिकाले प्रदेश राजधानीको फोहोर व्यवस्थापन गर्न बोटबिरुवा नभएको वन क्षेत्र रोज्दा डिभिजन वन कार्यालय र सामुदायिक वनले अवरोध गरे।