• २२ असार २०८१, शनिबार

एक महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ

blog

शिवराज नगरपालिकाबाट लागूऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु जेठ ४ गते ।
 कपिलवस्तुबाट वैशाख महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष अभियान सञ्चालन गर्नुहुँदै लागू पदार्थ कारोबारलाई निरुत्साहन गर्न लागिएको हो । सीमा क्षेत्रमा लागू पदार्थ तस्करी समस्या बन्दै गएपछि न्यून गर्न प्रहरीको हरेक युनिटलाई सक्रिय गराएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

सो अवधिमा १० केजी चरेस र १०.३९५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । यसैगरी, बुधबार शिवराज नगरपालिकाको हरि कुमारी रोकाको घरमा लुकाएर राखेको अवस्थामा चरेस बरामद भएको छ ।

पालिकाको वडा नम्बर ९ बानियाभारमा १०० ग्राम तौल भएको ४१ प्याकेट चरेस बरामद भएको छ । चरेससँगै तीन लाख ९६ हजार बढी रकम बरामद गरेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । लागूऔषध कारोबारमा संलग्न देखिएपछि प्रहरीले सोही नगरपालिका वडा नम्बर १ बनकट्टाका देवबहादुर कामीलाई समेत पक्राउ गरेको छ ।