• ८ वैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि

blog

लुम्बिनी प्रदेश सभाको बैठक कक्ष । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, जेठ ११ गते । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । 

प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशको दोस्रो अधिवेशन (बजेट अधिवेशन) आह्वान भएको जनाएको छ । 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनको १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा दोस्रो अधिवेशनको पहिलो बैठक बस्ने सूचनामा उल्लेख छ ।