• ११ वैशाख २०८१, मङ्गलबार

सत्र पक्की पुल निर्माण गरिँदै

blog

बाँके समाचारदाता

बाँके, जेठ ११ गते ।  लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेका छन् । बहुवर्षीय आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने अरू नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगन्जले जनाएको छ ।

पुल सेक्टर अन्तर्गत निर्माण गरिने पुलहरू कम्तीमा एक सय मिटरभन्दा लामो हुनुपर्ने नियम रहेको पुल सेक्टर नेपालगन्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । 

योजना प्रमुख भण्डारीले भन्नुभयो, “आगामी आवदेखि बजेट कमी हुने भएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुने देखिन्छ । यस खालका पुल निर्माण भएपछि पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुन्छ ।”

डिजाइन एन्ड बिल्ड अन्तर्गत रणनीतिक सडकमा पर्ने पुलको निर्माण पुल सेक्टरले गर्दै आएको छ । जस अनुसार सडक विभागले टेन्डर आह्वान गरेपछि छनोटमा पर्ने निर्माण व्यवसायी आफैँले डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रव्रिmया पूरा गरी सडक विभागबाट नौ महिनाभित्र स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछिको जिम्मेवारी पुल सेक्टरको हुने गरेको छ । 

पुल सेक्टरका अनुसार बाँकेको राप्ती नदीस्थित मच्छेबास–धामपुर, कर्णालीको कुहिने र दाङको राप्ती नदीस्थित बेला–वनघुसरी पुलको निर्माण सम्पन्न भएको छ । पुल सेक्टरले दिएको जानकारी अनुसार बर्दियाको मानखोला, भादामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।