• ८ वैशाख २०८१, शनिबार

दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षाः प्रदेश प्रमुख शेरचन

blog

लुम्बिनी, जेठ १५ गते । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताउनुभएको छ । उहाँले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गर्नुभएको छ ।

सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ  जारी गर्नुभएको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले समुन्नत राष्ट्र निर्माण र जनताको समृद्धि प्राप्त गर्न १९ दिने महान् जनसङ्घर्षमा सहभागी दलहरूको एकता एवं समझादारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्वहरूका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने बताउनुभएको छ । “त्यसले मात्र राष्ट्रिय औद्योगिक विकासलाई विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने छ”, उहाँले भन्नुभएको छ, “समाजवादी व्यवस्था स्थापनाका लागि मार्गप्रशस्त हुने छ, सहिदहरूको बलिदान सार्थक हुने छ ।”

नेपाली जनताले प्राप्त गरेको यो सीमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरङ्कुश सामन्ती राजतन्त्रात्मक शासनलाई अन्त्य गरेको दिन भएकाले यो आफैँमा दीर्घ ऐतिहासिक रहेको बताउनुभएको छ । “आजैका दिन म के स्पष्ट गराउन चाहन्छु भने प्रतिगमनविरुद्धको सङ्घर्षका बेला तत्कालीन राजतन्त्रसँग सझौता गरेको भन्ने हल्ला विल्कुलै कपोलकल्पित र निराधार हुन”, सन्देशमा भन्नुभएको छ, “प्रतिगमनविरुद्ध सङ्घर्षरत तत्कालीन सात दलका नेताहरूले हस्ताक्षर गरेको सझौतापत्र सार्वजनिक गर्न ती तत्वहरूलाई चुनौती दिन चाहन्छु ।”