करोडौँ रुपियाँ लागतको पुल प्रयोगमा आएन
दाङको लमही नगरपालिका–८, सतबरियाबाट राजपुर गाउँपालिका जोड्ने पुल निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन सकेको छैन। जग्गा विवादका कारण निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएको हो।
नागरिकलाई घरमै उपचार सेवा
पुथाउत्तरगङ्गा गाउँपालिकाले घरघरमै आधारभूत स्वास्थ्य सेवाको पहुँच कार्यक्रम सञ्चालनमा ल्याएको छ। यसका लागि ‘शहीद स्वास्थ्य कार्यक्रम’अन्तर्गत अध्यक्ष स्वास्थ्य कार्यक्रम र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गरी घरघरमै उपचार सेवा सुरु गरेको हो। यस गाउँपालिकाको १४ वटै वडाका नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्ने र गाउँ/टोलमै आधारभूत औषधि उपचार तथा रोगको पहिचान गर्न थालिएको छ। सो सेवा प्रभावकारी बनाउन करारमा नियुक्त १४ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको पालिका अध्यक्ष पुनीराज घर्ती मगरले बताउनुभयो।
साहित्यकार सम्मानित
बाँकेस्थित महेन्द्र पुस्तकालय नेपालगञ्जले आयोजना गरेको नेपाल–भारत साहित्य सङ्गोष्ठीमा भाषा आयोगका दुई जना सदस्यसहित नेपाल र भारतका २० जना साहित्यकारलाई सम्मान गरिएको छ । पुस्तकालयले भाषा आयोगका सदस्यद्वय डा. अमर गिरी र गोपाल अश्क, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीलाई सम्मान गरेको हो ।
‘सामाजिक न्यायका लागि एकजुट हुनुपर्छ’
तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाह सिंजालीले लैंगिक समानता र सामाजिक न्यायका लागि हरेक क्षेत्रमा महिला एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो
जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो ।
गुणस्तरहीन सेनेटरी प्याड खरिद
कोहलपुर नगरपालिकाद्वारा विभिन्न विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्नका लागि खरिद गरिएको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको छ। उक्त प्याड परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ। प्याड खरिद गरेर वितरण गर्ने तयारी भइरहेका बेला विद्यालयका शिक्षकले गुणस्तरहीन भएको जानकारी गराइएकाले परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको हो।
लुम्बिनी हाफ म्याराथन, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने
रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता हुनेभएको छ ।
रेसुङ्गा संरक्षण समितिको अध्यक्षमा भुसाल
रेसुङ्गा संरक्षण समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । तम्घासमा भएको रेसुङ्गा संरक्षण समितिको छैटौँ अधिवेशनले सुरेशचन्द्र भुसालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
वर्तमान गठबन्धनले पाँच वर्षसम्म सरकार चलाउँछ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनले नै पाँच वर्षसम्म सरकार चलाउने दाबी गर्नुभएको छ।
एमालेद्वारा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
नेकपा (एमाले) बाँकेको आयोजनामा नेपालगञ्ज उप–महानगरपालिका वडा २३ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
व्यवसायमैत्री वातावरण नभएको व्यवसायीको गुनासो
लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीका व्यवसायीले व्यापार तहसनहस भएको भन्दै नेपाली अर्थतन्त्रलाई तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
पाल्पाली ढाकाको माग बढ्दो, वार्षिक दश करोडको कारोबार
उपहार दिन मिल्ने सामान उत्पादन हुन थालेपछि पाल्पाको ढाकाको व्यापार बढ्दैगएको छ । पहिले ढाका टोपी, चोली, पछेउरामा मात्र सीमित ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल साडीलगायतका कपडाहरू उत्पादन हुन थालका छन् ।
पाल्पामा वैशाख १४ देखि व्यापार महोत्सव हुने
पाल्पामा आगामी २०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म व्यापार महोत्सव हुनेभएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा पाल्पा व्यापार महोत्सव हुने भएको हो ।
सालझण्डी–ढोरपाटन सडकको दुरदशा: १३ वर्षमा १९ किमी कालोपत्रे
सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो ।
६९ कुकुरको बन्ध्याकरण
तीन दिनसम्म सञ्चालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तर्गत तम्घासमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
संरक्षणको पर्खाइमा पुरातात्त्विक क्षेत्र
भगवान् गौतम बुद्धको मावली गाउँ पण्डितपुर संरक्षणको पर्खाइमा रहेको छ। तत्कालीन कोलिय राज्यको राजधानी पण्डितपुर अतिक्रमणमा परेपछि संरक्षणको अभाव देखिएको हो। पश्चिम नवलपरासीका ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सो क्षेत्र संरक्षण गर्न जरुरी भएको स्थानीयवासी बताउँछन्। रामग्राम नगरपालिका–१४ स्थित प्राचीन कोलिय राज्यको राजधानी (हालको पण्डितपुर) क्षेत्रमा कङ्क्रिटको भवन बनाउन थालिएको छ।
पशुमा लम्पी स्किन सङ्क्रमण
पशुमा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दाङमा बढ्दै गएको छ। भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका किसान चिन्तित छन्। जिल्लाको बङ्गलाचुली, राप्ती, गढवा, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाको केही वडामा रोगको सङ्क्रमण देखिएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ मा बढी मात्रामा देखा परेको छ। रोगका कारण पालिकामा करिब २५० भन्दा बढी पशुचौपाया बिरामी परेका छन्।
बहाल कर तिर्न आनाकानी
तानसेन–४, मखनटोलका घरटहराका व्यापारीले तानसेन नगरपालिकालाई लाखौँ रकम कर तिर्न आनाकानी गरेका छन् । मखनटोलमा वर्षौंदेखि व्यापार गरिरहेका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख रुपियाँ कर तिर्न बाँकी रहेको छ । व्यापारीले २०६६ सालदेखि नै कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरूले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार रुपियाँभन्दा बढी कर तिर्न बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले घरटहराको मासिक पाँच सयदेखि दुई हजार रुपियाँसम्म टङ्की बहाल कर तोकेको छ । कर तिर्नका लागि पटकपटक पत्राचार गरिए पनि व्यापारीले अटेर गरेको आचार्यको भनाइ छ ।
‘पीडितलाई न्याय र पीडकलाई सजाय हुनुपर्छ’
कपिल ज्ञवालीसिद्धार्थनगर, चैत १७ गते । संक्रमणकालीन न्यायलाई सबैको साझा एजेण्डा बनाएर समयमै टुंगो लगाउनु पर्ने विषयमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ‘लोकतन्त्रको १७ बर्ष ः संक्रमणकालीन न्याय अलपत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा लग्न संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन दबाब सिर्जना गर्नुपर्ने वक्ताहरुले बताउनुभएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनेगरी संक्रमणकालीन न्यायलाई निष्कर्षमा लग्नुपर्ने बताउनुभयो । संसदमा हालै प्रस्तुत संसोधन विधेयकमा संसोधन गरी मानव अधिकारमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । संस्थापक सभापति पहाडीले माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिनलाई जनयुद्ध दिवस भनी राष्ट्रिय दिवसका रुपमा लाद्नु मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको सर्वकालिन मान्यता विपरित भएको धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघीय मिसन “अनमिन” ले बालसैन्य भनि प्रमाणित गरेका र अयोग्य घोषित गरेकालाई करोडौ रुपियाँ आर्थिक सहयोग गर्ने सरकारी निर्णयप्रति उहाँले आपत्ति जनाउनुभयो । शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दण्डहिनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही शान्ति समाजको अभियान निरन्तर गरिरहेको बताउनुभयो ।
टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका विषयमा सेवाग्राहीबाट आउने गुनासोप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
चलचित्र समाज रूपान्तरणको माध्यम : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ । उहाँले समाज रूपान्तरणको माध्यमको रूपमा लिनुपर्नेमा चलचित्र क्षेत्रलाई आवश्यकताभन्दा विलासिताको रूपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको बताउनुभयो ।
अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुक अहिले आर्थिक रूपले जर्जर अवस्थामा पुगेको बताउनुभएको छ।
राजनीतिक दलको भूमिका बदलिनुपर्छ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ ।
कृषि उत्पादनको निःशुल्क ढुवानी
यहाँको छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु-याउन निःशुल्क ढुवानीको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाभर पायक पर्ने तीन स्थानबाट रुट मिलाई निःशुल्क बुटवल बजारसम्म पु-याउने भएको हो । किसानले उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारीलगायत कृषि तथा खाद्य वस्तु बुटवलमा बिक्री हुँदै आएको छ । किसानले आफ्नो उत्पादन एक्लाएक्लै बजारसम्म लैजाँदा ढुवानी लागत बढी पर्ने भएकाले महँगो हुने गरेको छ ।