• ७ वैशाख २०८१, शुक्रबार

सारसले सुरम्य जगदीशपुर जलाशय (फोटो फिचर)

blog

कपिलबस्तुको जगदीशपुर चरा आरक्षमा देखिएका सारसका बथान । तस्विर : जानु पाण्डे

जानु पाण्डे

कपिलबस्तु, जेठ २२ गते । जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ । 

तालको पूर्वी क्षेत्र सुकेको छ । जसका कारण माटोको तह समेत देखिन्छ । पूर्वी भेगमा सुक्का छ तर पनि सुरम्य देखिन्छ । जहाँ विभिन्न प्रजातिका चराहरू देखिन्छ । सारस चर्दै गरेको बथानले दृश्यलाई अझ मनमोहक बनाएको छ । 

जगदीशपुर चरा आरक्ष सारसले सुरम्य बनेको छ । तालमा दुर्लभ पन्छी सारसको चहलपहल नजिकैबाट नियाल्न सकिन्छ । सारसले आहारा खोजी गरेको, जलक्रीडा गरेका, प्रेम दर्साएका क्षणहरू अवलोकन गर्न सकिन्छ । 

सारसको बथान हेर्नका लागि जगदीशपुरमा उपयुक्त समय हो । शान्ति र प्रेमको प्रतीक मानिने यो पन्छीलाई बुद्धको प्रिय पन्छीका रूपमा चित्रण गरिन्छ । विश्वव्यापी रूपमा आइयुसीएनले सारसलाई संवेदनशीलको सुचीमा राखेको छ । 

चरा संरक्षणकर्मी दिलीप चन्द भन्नुहुन्छ ,"सारसका बथान देखिनु राम्रो हो । वर्षा याम प्रजननको समय हुन भएकोले धेरै सारस एकै ठाउँमा जम्मा हुने गर्दछन् । उड्न सक्नेमध्ये सबै भन्दा अग्लो पन्छी मानिएको सारस कपिलवस्तु र लुम्बिनी आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा रहेको छ ।"

नेपालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बाँके बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवनमा यो सारसको रेकर्ड गरिएको छ ।