• १६ चैत २०८०, शुक्रबार

गर्मी बढेपछि नेपालगन्जका विद्यालयमा बिदा लम्बियो

blog

सिराज खान

नेपालगन्ज, जेठ २२ गते । गर्मी झन् बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विद्यालयमा दिएको बिदा तीन दिन थप गरेको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा दिइएकोमा जेठ २६ गते शुक्रबारसम्म बिदा थपिएको उपमहानगरको शिक्षा महाशाखाले जनाएको हो ।

वर्षे बिदाबाट कट्टी हुनेगरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा थप गरिएको थापाले बताउनुभयो । 

जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णयगरी विहानीसत्रमा विद्यालय सञ्चालन गर्न पनि उपमहानगरले आग्रह गरेको छ । विद्यालयले त्यसको जानकारी नेपालगञ्ज उपमहानगरपालिकालाई गराउनुपर्ने पत्रमा जनाइएको छ । यसैगरी कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले पनि बिदा थप गर्ने बारेमा छलफल भइरहेको जनाएका छन् ।