• १४ मंसिर २०८१, शुक्रबार

बजेटका लागि योजना तर्जुमा गर्दै सैनामैना नगरपालिका

blog

सैनामैना नगरपालिकाको कार्यालय । तस्बिर : पविता पौडेल

पविता पौडेल 

सेनामैना, जेठ २४ गते । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आफ्नो कामलाई व्यवस्थित बनाउँदै क्रमागत रूपमा योजनाको काम सम्पन्न गर्ने निर्णय गरेको छ । कार्यगत योजनालाई  उच्च प्राथमिकतामा  राख्दै  तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनालाई प्राथमिकता   दिँदै योजना तर्जुमा गर्न लागेको नपाले जनाएको छ । 

नेपालको संविधान, कानुन र प्रचलनअनुसार जेठ १५ गते संघी सरकार, असार १ गते प्रदेश सरकार र असार १० गतेभित्र स्थानीय सरकारहरूले आर्थिक वर्ष को बजेट जारी गर्ने गरेका छन् । 

स्थानीय तहले वार्षिक बजेट निर्माण गर्दा स्थानीय बुद्धिजीवी, विषयविज्ञ, अनुभवी, पेसाविद्, महिला, बालबालिका, दलित, युवा, अपाङ्गता भएका व्यक्ति, वरिष्ठ नागरिकलगायत सरोकारवालाहरूसँग परामर्श गरी आगामी बजेट ल्याइने सैनामैना नगर प्रमुख फणीन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो  ।

प्रत्येक वडामा खुला क्षेत्र, प्रत्येक वडामा पार्क, उद्यान, कम्तीमा १५ शय्याको अस्पताल, शौचालयसहितको बसपार्क र यात्रु विश्रामस्थल, सामुदायिक भवन, सभा हल, बजार क्षेत्र, पशु वधशाला, शवदाहस्थल र खेल मैदान निर्माणका लागि ध्यान दिँदै बजेट विनियोजन हुने प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनुभयो ।