• ३० वैशाख २०८१, आइतबार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार

blog

लुम्बिनी प्रदेशसभा भवन ।

भुवन कार्की

रुपन्देही, जेठ २४ गते । नवगठित लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको छ । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको थियो । 

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री सन्तोष पाण्डेका अनुसार कृषि तथा रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको हो ।