जानु पाण्डे
कपिलवस्तु, जेठ २४ गते । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदैगरेको व्यक्तिबाट ४ लाख १७ हजार भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
रकमसहित पक्राउ पर्नेमा दाङ जिल्ला राप्ती गाउँपालिका –३ बस्ने २२ वर्षीय राजकुमार पुन मगर रहेको प्रहरीले जनाएको छ । मगरबाट भारतीय रुपियाँ ५ सयको ७९४ थान र २ सयको थान प्रहरीले बरामद गरेको छ । मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।