पाँच लाखलाई नागरिकता, १५ को बदर
दाङमा जिल्ला प्रशासन कार्यालयमार्फत ५४ वर्षको अवधिमा पाँच लाखभन्दा बढीले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट मात्र जिल्लाका ५ लाख २ हजार ५ सय ३९ जनाले नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
जीवनोपयोगी सिप : विद्यार्थीले बनाए च्याउखेतीका लागि टनेल
कोहलपुर नगरपालिका २ को शिवशक्ति आधारभूत विद्यालयका बालबालिकाले च्याउखेतीका लागि टनेल निर्माण गरेका छन् ।
ज्ञानलाई प्रविधिमा रूपान्तरण गर्दै विद्यार्थी
विद्यालयमा सिकेको ज्ञान प्रविधिमा रूपान्तरण गर्दा रुपन्देहीको सैनामैनाका विद्यार्थीले बधाईमात्र पाएका छैनन्, अझै लगनशील हुन प्रेरणा पनि बटुलेका छन्।
बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती
दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।
चौथो फोर्टिन स्टार कप हुँदै
गुल्मीमा चौथो फोर्टिन स्टार कप सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता हुने भएको हो ।
संस्कृति संरक्षणमा जुट्दै थारु समुदाय
पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीत लगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् ।
आगलागीबाट पाँच पसल जलेर नष्ट
बाँकेको कोहलपुरमा गए राती आगलागी भएको छ । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राती १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
सङ्ग्रहालयमा पर्यटक आकर्षित
जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय बनेको हो । सङ्ग्रहालयभित्र राखिएका विभिन्न ऐतिहासिक सामग्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । दैनिक तीन सयदेखि सात सय पर्यटक अवलोकनका लागि आउने गरेको सङ्ग्रहालयका कर्मचारी बताउँछन्।
पुल बनेपछि ६० हजार जनता लाभान्वित
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना गरेर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पहिलो वर्षका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
राज्यमन्त्री सिर्पालीद्वारा विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सुस्त मनस्थितिका विद्यार्थी अध्ययनरत विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण गर्नुभएको छ ।
स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।
एकसय सात स्थानमा सडक बत्ती जडान
निस्दी गाउँपालिकाले एकसय सात स्थानमा स्वचालित सडक बत्ती जडान गरेको छ । उज्यालो निस्दी कार्यक्रम अन्तर्गत पालिकाको मुख्य स्थानमा स्वचालित सडक बत्ती जडान गरेको हो ।
किसानलाई सुन्तलाबारे सचेतना कार्यक्रम हुने
पश्चिम पाल्पामा पहिलो पटक गरिने सुन्तला महोत्सवमा सुन्तला किसानका लागि सचेतना कार्यक्रम गरिने भएको छ ।
कोरियाली धर्मगुरुद्वारा लुम्बिनीमा ‘शान्ति घण्टी’ निर्माण
बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्रार्थना गर्न कोरियाली धर्मगुरुद्वारा ‘शान्ति घण्टी’ निर्माण गरिएको छ । कोरिया–नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा डेढ टनको घण्टी निर्माण गरिएको हो ।
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी
बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
मल्लरानी पर्यटन सडकमा कालोपत्रे
जिल्ला सदरमुकाम खलङ्गाको पर्यटकीय स्थल मल्लरानीको पर्यटन प्रवर्धनका लागि मल्लरानी पर्यटन सडक कालोपत्रे गरिएको छ । सदरमुकाम खलङ्गादेखि मल्लरानीसम्म करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
तालको प्रचार प्रसार गर्न महोत्सव आयोजना
रुपन्देहीकै ठुलो गैडहवा तालको प्रचार प्रसार गर्ने उद्देश्यले ताल क्षेत्रमै सांस्कृतिक महोत्सव गर्ने निर्णय गरिएको छ । गैडहवा गाउँपालिकाको सहयोगमा स्थानीय शान्ति युवा क्लबले सांस्कृतिक महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जेब्रा क्रसिङ्ग रङ्गरोगन गरिँदै
बाँकेको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रूपमा परिचित कोहलपुर नेपालगन्ज सडकखण्डमा दुर्घटना रोक्नका लागि त्यहाँ रहेका जेब्रा क्रसिङ्गको रङ्गरोगन सुरु गरिएको छ ।
घरटहरा बनाउँदै पाल्पाली टोली
पाल्पाको एक टोलीले जाजरकोट र रुकुमपश्चिम पुगेर अस्थायी घर तथा टहरा निर्माण गरेको छ । रुकुमपश्चिमका भूकम्प प्रभावितको पुनर्बासका लागि गत मङ्सिर ५ देखि नै पाल्पाको टोलीले घरटहरा निर्माण गरेको हो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरिरहेको जनाइएको छ । सो टोलीले भूकम्प प्रभावितका लागि १८ वटा घरटहरा निर्माण गरेको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आत्मनिर्भर बन्दै महिला
घरको चुलोचौकोमा सीमित रहने यहाँका स्थानीय महिला नौमती बाजा बजाएर संस्कृति संरक्षणका साथै आर्थिक रूपमा आयआर्जन गर्न थालेका छन् । मेला, पर्व, सभा समारोहमा महिला बाजा बजाएर रकम लिने गर्छन् । गुल्मी मदाने गाउँपालिकामा महिलाको समूहले नौमती बाजा बजाएर अहिले एक दिनको २५ देखि ३५ हजारसम्म आम्दानी गर्न थालेका छन् । छिमेकी पालिकासहित सदरमुकाम तम्घाससम्म यो समूहले आकर्षक नेपाली पोसाकमा सजिएर नौमती बाजा घन्काउने गरेको छ ।
नेपालमा नसर्ने रोगको अवस्था भयावह : डा. देउवा
सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयावह बन्दै गइरहेको बताउनुभएको छ।
परम्परा जोगाउन भेडा जुधाई
बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
कांग्रेसलगायत ठुला दल सजग बन्नुपर्छ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताउनुभएको छ ।