• १२ असार २०८१, बुधबार

राज्यमन्त्री सिर्पालीद्वारा विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण

blog

वासिङ मेसिन हस्तान्तरण गर्नुहुँदै राज्यमन्त्री सिर्पाली । तस्बिर : राधा नेपाली

राधा नेपाली
सन्धिखर्क, मङ्सिर १३ गते ।
 संस्कृत, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सुस्त मनस्थितिका विद्यार्थी अध्ययनरत विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण गर्नुभएको छ । सन्धिखर्क नगरपालिका १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई बुधबार वासिङ मेसिन हस्तान्तरण गर्नु भएको हो ।

राज्यमन्त्री सिर्पालीले आफैँको पहलमा १० किलो क्षमताको मेसिन विद्यालयलाई दिनु भएको हो । विद्यालयमा २४ जना बौद्धिक अपाङ्गता अतिजन भएका विद्यार्थीहरूले आवाससहित पठनपाठन गर्दै आएका छन् । राज्यमन्त्री ठकुरीले शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँचका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

हाल विद्यालयमा दक्ष शिक्षक तथा कर्मचारीहरूको आवश्यकता रहेको र नयाँ  भवन अपाङ्गतामैत्री नभएकाले थप समस्या भएको प्रधानाध्यापक गीता भुसालले बताउनु भयो ।