ग्वार खोलामा पुल नबन्दा स्थानीयलाई समस्या
दाङ उपत्यकाको ग्वार खोलामा पुल नबन्दा आवत–जावतमा स्थानीयलाई समस्या भएको छ । तीन जिल्ला जोड्न सडक खण्डमा पुल नहुँदा यात्रुलाई समस्या भएको स्थानीयको भनाइ छ । ग्वार खोलाको रोल्पा दाङ सडकखण्डको रुन्टीगढी गाउँपालिका वडा ८ को रानीवास क्षेत्रमा पुल नहुँदा यात्रा गर्न समस्या भएको छ ।
अवैध सालको काठसहित एक पक्राउ
नेपालगञ्जमा वन कार्यालयको टोलीले बुधवार विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।
अतिरिक्त महानिरीक्षक ज्ञवालीद्वारा सीमानाका निरीक्षण
पश्चिम नेपालको प्रमुख सीमानाका नेपालगन्जस्थित जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।चाडपर्व मनाउन भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढ्दै गएपछि उनीहरूको सहयोग र सहजताका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाएका विद्यार्थीको स्मरणमा दीप प्रज्ज्वलन
इजरायलमा प्यालेष्टिनी हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा नेपालगञ्जमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाउनु भएको छ । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ ।
सिद्धार्थ राजमार्ग मर्मत सुरु
वर्षाका कारण बाढी, पहिरो तथा गेग्रानले बिग्रिएका राजमार्गको मर्मतसुधार सुरु भएको छ । जिल्लाको मुख्य राजमार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गसहित जिल्लाको ग्रामीण क्षेत्रमा पुग्ने सडकको मर्मतसुधारको कार्य सुरु गरिएको हो ।
पाणिनि क्याम्पस आर्थिक सङ्कटमा
सञ्चालक समिति र क्याम्पस प्रमुखको लापरबाहीले अर्घाखाँचीको एक मात्र सामुदायिक क्याम्पस पाणिनि बहुमुखी क्याम्पस आर्थिक सङ्कटमा परेको छ । २०४५ सालमा जनस्तरबाट सञ्चालन भएको क्याम्पसमा चरम राजनीतिक हस्तक्षेप र क्याम्पस प्रमुख बुद्धि भुसाल बेतलबी बिदामा बसेका कारण विगत आठ महिनादेखि प्राध्यापकले तलब पाएका छैनन् । सञ्चालक समितिले आर्थिक सङ्कट घोषणा गर्ने अवस्था बनेको क्याम्पस प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म क्याम्पसको ऋण करिब एक करोड रुपियाँ पुगेको छ ।
दुई अर्ब लगानीमा फ्रेन्च फ्राइज उद्योग
दुई अर्ब रुपियाँको लगानीमा फस्ट च्वाइस फुड्स प्रालिले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेको जनाएको छ । उद्योगले नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको हो । उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माण र मेसिन
मानसिक समस्यामा सबैभन्दा बढी महिला
गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी महिला परेका छन् ।
एआइजी ज्ञवालीद्वारा अस्पतालको अनुगमन
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
नेपालगन्जमा क्षतिको विवरण सङ्कलन सुरु
गत मङ्गलबार नेपालगन्जमा भएको घटनामा तोडफोड र ढुङ्गामुढाबाट भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । नेपालगन्जस्थित वडा ११ इदगाहरोडमा सबैभन्दा बढी क्षति भएकाले वडा ११ को वडा कार्यालयले क्षतिको विवरण सङ्कलन सुरु गरेको हो ।
तिलोत्तमामा निःशुल्क अटोरिक्सा सञ्चालन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीलाई लक्षित गर्दै निःशुल्क अटोरिक्सा सञ्चालनमा ल्याएको छ ।
नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा
स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनदेखि नेपालगञ्जमा लगाउँदै आइएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबारबाट हटेको हो ।
विविध कार्यक्रम गरी मनाइयो विश्व हुलाक दिवस
विश्व हुलाक दिवसको अवसरमा सोमबार जिल्ला हुलाक कार्यालय बाँकेले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।कार्यालयमा सेवाग्राहीलाई स्वागत, वृक्षरोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गरी दिवस मनाइएको कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
राजस्व छलेर ल्याएको १० लाखको सामान बरामद
दसैँ–तिहार र छठजस्ता चाडपर्व नजिकिएसँगै बाँकेमा तस्करी र अवैध आयात बढेको छ । चाडपर्वका बेला कपडा, लुगालगायत विभिन्न सामानको माग उच्च हुने हुँदा यहाँस्थित नेपाल–भारत नाकामा सक्रिय रहेका तस्करले भारतबाट कपडा लगायतको अवैध आयात र तस्करीलाई तीव्रता दिएका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अर्याल
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा अर्याल ८७ मतान्तरले निर्वाचित हुनुभएको हो ।
बाँकेमा डेढ दशकमा दुई हजार पाँच सय आगलागीका घटना
पश्चिम नेपालको बाँकेमा आगलागीको अत्यधिक जोखिममा रहेको छ । गर्मीयाममा जिल्लामा आगलागीका धेरै घटना हरेक वर्ष हुने गरेका छन् ।
अझै बनेन पसरपुर–गौघाट सडक खण्ड
बाँकेको पसरपुर–गौघाट सडक खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । सडक निर्माणको ठेक्का पाएको कनकाई–गणपति जेभिले सुरुवती चरणका काम सकिएको जानकारी गराएको हो ।
‘युवा पलायन चिन्ताजनक’
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा रोजगारी नहुँदा युवा विदेश पलायन भइरहेको बताउनुभएको छ । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनालले आइतबार समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा पलायन हुनु मुलुकका लागि ठिक नभएको बताउनुभयो ।
पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
चाडपर्वमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शनिबारदेखि कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र तौलिहवामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनिष भण्डारीले दसैँतिहारमा घरमा आउने र जाने यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउन र नागरिकमा पर्ने समस्यामा सहयोग गर्न कक्ष स्थापना गरिएको बताउनुभयो ।
मोही हकसम्बन्धी उजुरी बढे
भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गाको मोही हक नामसारीसम्बन्धी उजुरी बढेका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा एक हजार ५२८ उजुरीमध्ये ३०६ वटा फस्र्योट भएको जनाइएको छ । तीमध्ये एक हजार २२२ उजुरी बाँकी रहेका छन् । मोही बाँडफाँटमा पनि ३७० मुद्दा फस्र्योट गर्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै १०८ वटा मोही हक नामसारी मुद्दामा ३९ वटा फस्र्योट भएको देखिएको छ ।
लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटना
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा सडकमा एक्कासि आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
कात्तिकदेखि कोहलपुरबाटै मालपोत सेवा प्रवाह हुने
कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धी सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो ।
सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता
बाँकेको खजुरा गाउँपालिकामा गाई र भैंसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ ।