जानु पाण्डे
कपिलवस्तु मङ्सिर १२ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकामा बसको ठक्करबाट किशोरीको मृत्यु भएको छ । मङ्गलबार बिहान पौने ६ बजे भएको दुर्घटनामा अर्घाखाँची घर भई नगरपालिकाको वडा नम्बर ८ लौगाई बस्ने वर्ष १८ को सृष्टि बिसी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतकलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले बुङ्ची चोकमा ठक्कर दिएको थियो । साइकलमा सवार रहेका दुई जनामध्ये घाइते भएका निर्मला बि.सीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो ।