कार्यसम्पादनमा गुल्मी प्रशासन पहिलो
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा देशभरमा नै पहिलो बनेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०७९–०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा प्रशासन कार्यालय गुल्मी पहिलो बनेको हो ।
सामान्य बन्दै नेपालगन्ज
नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै गएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि कफ्र्यु लगाएको छ । अवस्थामा सुधार आए पनि बुधबार कफ्र्यु भने हटाइएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार अपराह्न ३ बजेसम्म केही छिटपुट घटना भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कंदै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले नगरको अवस्था शान्त र सामान्य बन्दै गएको जनाउँदै कफ्र्युको पालना गर्न र घरमै बस्न आमनागरिकसँग आग्रह गरिएको बताउनुभयो ।
क्युआर भुक्तानी प्रणाली सुरु
नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
सर्पले डसेका दिदीबहिनीको मृत्यु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
३२ जना घुँडा बिरामीको निःशुल्क प्रत्यारोपण
रुपन्देहीको लुम्बिनीमा खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
सरकारले रोजगारी सिर्जना गर्न सकेन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सरकारले रोगगारीको अवस्था सिर्जना गर्न नसकेको बताउनुभएको छ ।
सामाजिक सञ्जालबाट विद्वेष फैलाउनेलाई कारबाही गरिने
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ ।
चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ
बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी-२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् ।
नेपालगन्जमा सर्वपक्षीय बैठक
दुई दिनदेखि अशान्त रहेको नेपालगन्जलाई धार्मिक सद्भाव कायम गरी पुरानै लयमा फर्काउने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वदलीय र सर्वपक्षीय बैठक जारी रहेको छ ।
नेपालगन्जको अवस्था सामान्य बन्दै
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलबार दिउँसो १ बजेबाट जारी गरेको कर्फ्यु लगाएर नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरेपछि अहिले आएर नगरको अवस्था सामान्य बन्दैगएको छ ।
नेविसङ्घद्वारा नगरपालिकामा तालाबन्दी
नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा बुधबार तालाबन्दी गरेको छ । प्युठान नगरपालिकाले नगरपालिकाको शिक्षा शाखामा बिधालयबाट शिक्षक काजमा झिकाइ कर्मचारीसरह जिम्मेवारी दिई कामकाजमा खटाएकाले नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।
स्कुल हिँडेका दुई किशोरी सम्पर्कविहीन
कपिलवस्तुमा विद्यालय जान हिँडेका दुई किशोरी तीन सातादेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाबाट १५ वर्षीया किशोरी बेपत्ता भएका हुन् ।
इन्जिनियर रानाभाटविरुद्ध तीन करोडभन्दा बढी भ्रष्टाचार मुद्दा
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सर्पले डस्दा बहिनीको मृत्यु, दिदी गम्भीर
कपिलवस्तुमा दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।
संयमित भएर सूचना प्रवाह गर्न आग्रह
नेपाल पत्रकार महासङ्घ बाँकेले संयमित भएर सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासङ्घ बाँकेका सचिव कमल डाँगीले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
‘कर्फ्यु’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै
नेपालगन्जमा लागेको ‘कर्फ्यु’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।
भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न बाँके प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको छ ।
ग्रामीण बस्ती यातायात सेवासँग जोडिँदै
रुपन्देही जिल्ला नेपालको सुगम जिल्लामध्येमा पर्दछ । यही सुगम जिल्लाका अधिकांश ग्रामीण बस्तीमा भने अहिले पनि यातायातको सुविधा पुगेको छैन । जिल्लाको विकट गाउँबस्तीसम्म सडक यातायात सेवा पुर्याउन यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधि सक्रिय भएका छन् । यातायातको सुविधा नहुँदा बुटवल र भैरहवा जस्ता ठुला सहरसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । यातायात व्यवसायीले सुविधा दिन बुटवल र भैरहवादेखि विभिन्न गाउँसम्म बस सेवा पुर्याएका छन् । बुटवल यातायात प्रालिले बुटवलको गोलपार्क, जोगीकुटी, मगरघाट, रानीगन्ज, मोतीपुर, रानीबारी, दोगाना, मोहनगन्ज, अमुवा, मिलनचोक हुँदै पुनः गोलपार्कसम्म यातायात सेवा सुरु गरेको हो ।
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् ।
माटोका भाँडा बनाउन नयाँ प्रविधि
दाङको गढवा गाउँपालिका–१, पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका भाँडा पकाउन आधुनिक भट्टी निर्माण गरिदिएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजकुमार बताउनुहुन्छ ।
भारतबाट अवैध भित्रिएका १० हजार चल्ला नष्ट
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।
एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले एक वर्षमा एक अर्ब ५३ करोड ७४ लाख ८४ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
वास्तविक कृषक पहिचान गरिदिन आग्रह
रेसुङ्गा नगरपालिका–३ का बाख्रापालक कृषक नवीन बस्नेतले वास्तविक कृषक पहिचान गरी किसान सूचीकरण गर्न आग्रह गर्नुभएको छ ।