• ११ मंसिर २०८१, मङ्गलबार

जगदीशपुर तालमा आन्तरिक पर्यटक बढे

blog

जगदीशपृुर तालमा रमाउँदै आन्तरिक पर्यटक । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, मंसिर ६ गते । विश्व सिमसार एवम् पंक्षि आरक्षक्षेत्र कपिलबस्तुको जगदीशपुर तालमा पर्यटक डुङ्गामा रमाउने गरेका छन् । तालमा डुङ्गा सञ्चालन भएपछि दैनिक आन्तरिक पर्यटकको डुङ्गामा रमाएका हुन् । 

ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वार्ड स्याङचुरी (पंक्षि आरक्ष) क्षेत्र घोषणा गरिएको थियो । 

सिंचाइँ प्रयोजनका लागि २०३५ सालतिर बनाइएको हो । यो तालबाट कपिलवस्तुको कुल ६ हजार २०० हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्न पानी आपूर्ति हुनेगर्छ । 

जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराहरुको आश्रयस्थल पनि हो । जगदिशपुर जलाशय ब्यवस्थापन  बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङका अनुसार तालमा २०७६ सालदेखि पाँचवटा डुङ्गा सञ्चालनमा ल्याएको बताउनुभयो । आन्तरिक पर्यटकको संख्या बढेसँगै थप डुङ्गा सञ्चालन हुने उहाँको भनाइ छ ।