पर्यटकीय प्रवर्द्धनका लागि सम्पदा तालिम
प्राचीन कपिलवस्तुको पहिचान तथा पर्यटन प्रवर्द्धनका लागि तौलिहवामा सात दिने स्थानीय पर्यटक पथ प्रदर्शक तालिमको सुरुवात गरिएको छ ।
पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै
गुल्मीको तम्घासमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । जिल्ला भलिबल सङ्घको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुनेभएको पत्रकार सम्मेलनमार्फत महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।
नेपालगन्जमा सामान्य हुँदै जनजीवन
नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।
धानमा बेरुवाको प्रकोप, किसान चिन्तित
बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् ।
ज्येष्ठ नागरिकको निःशुल्क आँखा उपचार
चालु आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकलाई आँखाको उपचारको व्यवस्था गरेको छ ।
कर्फ्यु थप दुई घण्टा घटाइयो, निषेधाज्ञा जारी
नेपालगन्जको अवस्था सुधार हुँदैगएर जनजीवन पुनः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दैनिक रूपमा लगाउँदैआएको कर्फ्युलाई घटाउँदैलगेको छ ।
युवाशक्ति विदेश पलायन हुनु मुलुकका लागि चिन्ताजनक : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी व्याप्त रहेको बताउनुभएको छ । उहाँले रोजगारी नहुँदा युवा शक्ति विदेश पलायन भइरहेको बताउनुभयो ।
बाँकेको तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना
चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।
रुकुमपश्चिममा राष्ट्रिय परिचयपत्र वितरण सुरु
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी वीरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रूपमा परिचय पत्र वितरण कार्यको सुरुवात गर्नुभएको हो ।
बाँकेमा परस्पुर–गौघाट सडकको काम डेढ वर्षपछि सुरु
नेपालगन्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका–२ सीतापुर जोड्ने सडकको सम्झौता भएको करिब डेढ वर्षपछि काम सुरु भएको छ ।
बाँकेका आठ स्थानीय तहले २२ करोड बढी विद्युत महसुल बुझाउन बाँकी
बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ ।
युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी : पूर्वप्रधानमन्त्री खनाल
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताउनुभएको छ ।
समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।
नागरिकबाट पार्टीको नेतृत्व चयन हुने व्यवस्था हुनुपर्छ : युवानेता पौडेल
नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।”
निःशुल्क घुँडा प्रत्यारोपण
रुपन्देहीको लुम्बिनीमा निकै महँगो र खर्चिलो उपचारका रूपमा रहेको घुँडाको प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो । थाइल्यान्डका बौद्ध ध्यान गुरु सुधर्म गुरु र सिरिराज अस्पताल हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राध्यापक डा. किराँती सी वानिचको पहलमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर गरिएको हो ।
कृषि, पर्यटन र उद्योगबाटै नगरको समृद्धि
अर्घाखाँची जिल्लाको साबिकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ र ढिकुरा गाविसलाई समेटेर भूमिकास्थान नगरपालिका बनेको हो । यो नगरपालिकाको कुल क्षेत्रफल १५९ दशमलव १३ वर्ग किलोमिटर छ । यहाँको कुल जनसङ्ख्या जम्मा ३२ हजार ६४० छ । पुरुष १३ हजार ९३५ र महिलाको सङ्ख्या १८ हजार ७०५ छ । नगरपालिकाको कार्यालय साबिकको नुवाकोट गाविसको कार्यालयमा छ । नगरपालिकामा १० वडा छन् । नगरपालिकाले शिक्षा, पर्यटन, कृषि, आर्थिक विकासका साथै सामाजिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको छ । भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापासँग गोरखापत्रका पत्रकार राधा नेपालीले गर्नुभएको कुराकानी :
सुल्झिएन प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवाद
नेपाल विद्युत् प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवादका कारण रुपन्देहीका उद्योगी थप त्रसित भएका छन् । अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि प्राधिकरणले सूचना निकालेपछि आफूहरू थप तनावमा परेको उनीहरूको गुनासो छ । बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरूलाई नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क लाइन बिलिङबापतको रकम तिर्न ताकिता गरेपछि उद्योगीहरू पुनः त्रसित बनेका हुन् ।
बद्रीविक्रम वाङमय पुरस्कारबाट डा. गैरे र अभिलाषी सम्मानित
कर्मयोगी बद्रीविक्रम थापाको नाममा स्थापित ‘कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०’ बाट साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मानति हुनुभएको छ ।
अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको छ ।
नयाँ दिल्ली रुटको यात्रुवाहक बसबाट अवैध सामान बरामद
नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट प्रहरीले करिब ५ लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको छ ।
छोराको हत्या आरोपमा आमा पक्राउ
आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका–७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।
‘जनतासँग जनप्रतिनिधि’ एमाले अभियान
नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटीले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । जिल्ला कमिटीको वार्षिक योजनाअनुसार जिल्लाका दश पालिकामा अभियान सञ्चालन चल्ने छ ।
सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुँदै
प्युठानको ठूलाबेशीमा जिल्लाकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुनेभएको छ । आयोजक ठूलाबेसी सामुदायिक विकास मञ्च गौमुखीका अनुसार दसैँको अवसरमा कात्तिक २ गतेदेखि ४ गतेसम्म खुल्ला भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
चालक-सहचालकको नियमित स्वास्थ्य परीक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।