• ९ जेठ २०८१, बुधबार

मेला हेर्न गाउँपालिकामा बिदा

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १० गते । सत्यवती गाउँपालिकाले मङ्सिर ११ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सत्यवतीमा मेला लाग्ने भएकाले मेला हेर्नका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि भिकुमा पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिइएको भुसालले बताउनुभयो । सोमबार गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र पालिका भित्रका सङ्घ संस्थाहरू बन्द रहने पालिकाले जनाएको छ । 

यस्तै, मुसिकोट नगरपालिकाले मङ्सिर १० गते आइतबार (आज) सार्वजनिक बिदा दिएको छ । वडा नम्बर ६ कुर्घामा रहेको धार्मिक तथा पर्यटकीय स्थल मालिका मन्दिरमा पूर्णिमा मेला पनि आयोजना गरिएको छ । सो स्थानमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।