• ९ जेठ २०८१, बुधबार

कुलोमा खसेर एक पुरुषको मृत्यु

blog

लीलाधर वली

घोराही, मङ्सिर ११ गते । दाङको देउखुरीमा कुलोमा खसेर एकजना पुरुषको मृत्यु भएको छ । राप्ती गाउँपालिका–७ अर्नहनपुरस्थित जोकही कुलोमा खसेर छोट्की सिसहनियाँ निवासी ४१ वर्षीय पृथ्वी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

रामघाट मेला हेरेर घर फर्किनेक्रममा राति कुलोमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बिहान ६ः३० बजेतिर स्थानीयले पुरुषको शव कुलोमा देखेर प्रहरीलाई खबर गरेका थिए । उहाँका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ ।