• १५ मंसिर २०८१, शनिबार

भूकम्प पीडितलाई सहयोग जुट्दै

blog

रेखीराम राना

तानसेन, मङ्सिर ११ गते । रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित परिवारलाई रकम सहयोग गर्ने भएको छ । गाउँपालिकाले तीन लाख रुपियाँ भूकम्प प्रभावित परिवारका लागि सहयोग गर्ने निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पाँच दिन बराबरको तलब, वडाध्यक्षहरूले दुई दिन बराबरको र वडा सदस्यहरूले एकदिन बराबरको तलब भत्ता उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको राहत, उद्दार तथा पुनःस्थापनामा उक्त रकम खर्च गर्ने गरी कोषमा सङ्कलन गरिने उहाँले बताउनुभयो । 

यस्तै, रिव्दीकोट गाउँपालिकाले एक लाख ६६ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद् कोषबाट एक लाख र जनप्रतिनिधितर्फबाट ६६ हजार रुपियाँ भूकम्प प्रभावित परिवारलाई सहयोग गरिने अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि पाल्पाको माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाले राहत दिइसकेका छन् ।