मोटरसाइकल जुधेर युवकको मृत्यु
मोटरसाइकल जुधेर कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ खैरी बजारमा दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु भएको हो ।
मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
भेरी अस्पतालबाट थप दुई जना घाइते डिस्चार्ज
जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएर उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामी निको भएर डिस्चार्ज हुनेक्रम बढेको छ।
सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ
बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय वरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेमा उर्दू साहित्यको विकासमा शायरको योगदान
पश्चिम नेपालको प्रमुख सांस्कृतिक सहर नेपालगन्ज बाँके जिल्लाको सदरमुकाम हो। सद्भावको सहरका रुपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोवास छ।
बाँकेमा चुनौती बन्दै छाडा चौपाया व्यवस्थापन
नेपालगन्ज उपमहानगरले नगर भित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ। सिमानाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ।
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ ।
लुम्बिनीमा ३० करोड लगानीमा 'रुसी बौद्ध मन्दिर'
एक सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
कल्भर्टमुनि फेला परेको शवको पहिचान खुल्यो
बाँकेको नरैनापुरमा बिहीबार कल्भर् मुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।
प्रहरीद्वारा गोली हानी व्यक्तिलाई नियन्त्रण
बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकासजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
प्युठानमा 'सराएँ' मेलाको रौनक
तिहार सकिए लगत्तै प्युठानमा 'सराएँ' मेलाको रौनक सुरु भएको छ ।
लिनै आएनन् राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ वटा राष्ट्रिय परिचयपत्र बनेर आए पनि एक हजार २८ जनाले मात्रै परिचयपत्र लिएका छन् । घुम्ती टोलीमार्फत र प्रशासन कार्यालय गुल्मीमा परिचयपत्रका लागि हालसम्म विवरण दर्ता गराएकाको सङ्ख्या एक लाख ८३ हजार ८७७ जना रहेको प्रशासनले जनाएको छ । घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जना र प्रशासनबाट ५४ हजार ५१८ जनाको विवरण दर्ता भएको छ ।
बुटवलको आम्दा अस्पताल तीन सय शय्याको हुँदै
विसं २०५५ मा ५० शय्याबाट सुरु भएको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल स्थापनाको २५ वर्षमै तीन सय शय्याको हुने भएको छ । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य सङ्घबिच त्रिपक्षीय समझदारी भई ५० शय्याबाट सुरु भएको अस्पताल अहिले एक सय शय्यामा सञ्चालन भइरहेको छ । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजना अनुसार अस्पताल छिटै तीन सय शय्यामा सञ्चालन हुने बताउनुभयो
तिहार सकिएपछि लक्ष्मीको मूर्ति विसर्जन
लक्ष्मीपूजामा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निकालिएको दुईसय पचास लक्ष्मीको मूर्ति विसर्जन गरिएको हो ।
कल्भर्टमुनि बेवारिसे शव फेला
बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
मौलिक मेला पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
दुध सङ्कलनमा उत्कृष्ट बाणगङ्गा दुग्ध उत्पादक सहकारी
कपिलवस्तुका बाणगङ्गा नगरपालिकाका पशुपालक कृषकहरु दुग्ध उत्पादक सहकारीबाट लाभान्वित भएका छन् । नगरपालिकाको वडा ८ बोडगाउँमा रहेको बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बिक्री वितरणमा सहज बनाएपछि कृषकलाई सहयोग पुगेको हो ।
तेह्रौं दिनको पुण्यतिथिमा दीप प्रज्ज्वलन र श्रद्धान्जलि सभा
भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको बिनासकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पूण्यतीथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
गोवर्धन धामलाई प्रवर्धन गर्न भण्डारा कार्यक्रम
बाँकेको नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धन धामलाई प्रवर्धन गर्न बृहत् भण्डारा कार्यक्रम आयोजना गरिएको छ ।
सहमतिमा गणेश–लक्ष्मी मूर्ति विसर्जन रुट निर्धारण
तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ ।
‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानमा सुधार
नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ ।
नेपाल भारत नाकामा नेपाली उपभोक्ताको भिड
तिहारमा पनि सीमापारि भारतको रूपैडिहा बजारबाट नै बाँकेका अधिकाशं उपभोक्ताले चाडपर्वको चाहिने सामान खरिद गरेका छन् ।
ग्रामीण क्षेत्रका समस्या समाधानमा पहल गर्छु : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ ।