मण्डली कपको उपाधि निस्दी खेलकुद विकास समितिलाई
‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समिति पाल्पाले जितेको छ । दिपावली तथा छठ पर्वको अवसरमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मणीमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३–२ सेटले पराजित गर्दै उपाधी हात पारेको हो ।
पाँच लाखभन्दा बढीको अवैध पटका नष्ट
बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाख बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।
स्थायी सरकार नहुँदा आर्थिक गतिविधिमा समस्या : कांग्रेस नेता राणा
प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपालमा स्थायी सरकार नहुँदा ठूलो समस्या आएको बताउनुभएको छ ।
१७ वर्षपछि ७७ वटै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा
प्रतिबन्ध लगाएको १७ वर्षमा सबै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएको छ । सन् २०१० मा दाङ जिल्ला पहिलो पटक डाइक्लोफेनेक मुक्त घोषणा भएको थियो ।
तोरी फुलेर पहेँलपुर बन्यो पाल्पा
पाल्पाका विभिन्न स्थानमा लगाइएको तोरी फुलेर पहेँलपुर भएका छन् । जिल्लाको विभिन्न स्थानका किसानले लगाएका तोरी यतिबेला फुलेर बारी पहेँलपुर बनेका हुन् ।
दुर्घटना न्यूनीकरण गर्न बस चालकलाई प्रशिक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस चालकलाई प्रशिक्षण दिइएको छ । यसले सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण हुने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
भेरी अस्पतालबाट ४० जना घाइते डिस्चार्ज
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।
तेह्र दिनमा ३ करोड बक्यौता रकम सङ्कलन
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा १२ दिनको अवधिमा १७ सयबढी सेवाग्राहीबाट झण्डै तीन करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
एक सय ८३ ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महसुल नतिरेका एक सय ८३ जना ग्राहकको लाइन काटेको छ ।
बढ्यो झिनियाँको बिक्री
तिहार पर्व नजिकिँदै गर्दा झिनियाँ रोटीको कारोबार बढेको छ । तिहारका बेला खाद्यवस्तुका रूपमा प्रयोग हुने झिनियाँ रोटीको कारोबार बढेको यहाँका साना व्यवसायीले बताएका छन् । तिहारलगायतका चाडपर्वमा रोटीका रूपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ । तिहारका बेला पाल्पाका व्यापारीले एक लाखदेखि १० लाखसम्मका झिनियाँ बिक्री गर्ने गरेको बताएका छन् । तिहार पर्वमा मुख्य रूपमा प्रयोग हुने झिनियाँ बनाएर साना व्यापारीले बुटवल, भैरहवा, काठमाडौँ र पोखरासम्म निर्यात गर्ने गरेको माथागढी–३, कसेनीका व्यापारी नवलप्रसाद श्रेष्ठले बताउनुभयो । आफूले भदौदेखि नै झिनियाँ बनाउन सुरु गरेको र अहिले सुकेका झिनियाँ बुटवल र भैरहवा निर्यात गरेको उहाँले बताउनुभयो । जिल्लाभित्रबाट भन्दा बाहिरी जिल्लाबाट झिनियाँको माग अत्यधिक भएपछि माग धान्न गाह्रो रहेको श्रेष्ठले सुनाउनुभयो ।
शैक्षिक ऋण लिने विद्यार्थी न्यून
रुकुमपश्चिमको भूमे गाउँपालिकामा विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिनाब्याज शैक्षिक ऋण (कर्जा) लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको छ । गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिनाब्याज शैक्षिक ऋणको व्यवस्था गरेको छ । बिनाब्याज शैक्षिक ऋण लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको हो । आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको बिनाब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी, भेटेरिनरी र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई दुई गरी जम्मा छ जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका प्रशासन एकाइका प्रमुख चेतन बुढामगरले बताउनुभयो । गाउँपालिकाले विपन्न विद्यार्थी र उच्च शिक्षा हासिल गर्नेका लागि बिनाब्याजमा शैक्षिक ऋण दिने व्यवस्था भए पनि ऋण लिनेको
रेमिटान्सले देशको अर्थतन्त्र धानेको छ : नेता राणा
प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले देशको अर्थतन्त्र रेमिटान्सले धानेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा आयोजित गुल्मी लगानी सम्भाब्यता कार्यशाला गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
चोरद्वारा चोरी गरेको सामान फिर्ता
बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ ।
प्रादेशिक अस्पतालको सेवामा सुधार
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार हुँदैगएको देखिएको छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
सीमा सुरक्षा तथा अवैध निकासी पैठारी नियन्त्रण गरिने
सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ ।
राप्तीसोनारीमा सार्वजनिक सुनुवाइ
बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ ।
पत्रकार महासङ्घ रुपन्देहीद्वारा भूकम्प प्रभावित सञ्चारकर्मीलाई सहयोग
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्षरुपमा प्रभावित सञ्चारकर्मी र सञ्चार माध्यमको राहतका लागि २५ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रशासनद्वारा विस्फाेटक पदार्थको ओसारपसारमा रोक
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फाेटकक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ ।
ब्वाँसोले आक्रमण गर्दा १२ जना घाइते
दाङको घोराही उपमहानगरपालिका–५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते हुनुभएको छ ।
थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ ।
नरैनापुरका अध्यक्ष शाह अस्पताल भर्ना
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड रोल्पामा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान रोल्पा पुग्नु भएको छ ।
पाठेघर क्यान्सरको बढ्दै जोखिम
लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशका कुल १२ जिल्लामा करिब ४१ हजार ४२५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्दा एक हजार ४९९ जनामा क्यान्सरको सङ्केत देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिनुभएको छ ।
भारतद्वारा प्रदान गरिएको राहत सामग्री नेपालगन्ज पुग्यो
भूकम्प प्रभावितहरुको राहतक लागि भारत सरकारको तर्फबाट प्रदान गरिएको तेस्रो खेपको सामग्री बिहीबार नेपनलगन्ज आइपुगेको छ। भारतीय वायुसेनाको बिमानमार्फत राहतको तेस्रो खेप आज बेलुकी नेपालगन्ज बिमानस्थलमा आइपुगेको हो।