नगर गौशालामा सामूहिक गोवर्धन पूजा
पाल्पामा सामूहिक रुपमा गोवर्धन पूजा गरिएको छ । रामपुर नगरपालिका–६, तातोपानीस्थित नगर गौशालामा निर्माण गरिएको गोवर्धन पर्वतमा तिहारको चौथो दिन आज सामूहिक पूजा गरिएको हो ।
भेरीमा थप दुई जना भूकम्पका घाइतेलाई ल्याइयो
भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।
माटोका भाँडाको बिक्री घट्दा कसगर समुदाय चिन्तित
बाँकेमा चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसेपनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको छ ।
भूकम्पका ४८ घाइते निको भएर घर फर्किए
जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
मोटरसाइकल ठोक्किँदा पाँच घाइते, तीनको अवस्था गम्भीर
पाल्पाको रामपुरमा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना गम्भीरसहित पाँच जना घाइते भएका छन् ।
अग्लुङ्गको सनराइज र धुर्कोटलाई भलिबल उपाधि
गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा भएकोमा भलिबलको उपाधी पुरुषतर्फ अग्लुङ्गको द सनराईज युथ क्लब र महिलातर्फ धुर्कोट गाउँपालिकाको समुहले प्राप्त गरेको छ ।
कला संस्कृति संरक्षण गर्न ‘डिग्रे मेला’
बाँकेको राप्तीसोनारी गाउँपालिकामा मेला सञ्चालन हुनेभएको छ । स्थानीय कला संस्कृतिलाई संरक्षण एवं प्रवर्धन गर्न मेला सञ्चालन गर्न लागिएको हो ।
तिहारका लागि १२ क्विन्टल सयपत्री फूल उत्पादन
बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित साना किसान कृषि सहकारी संस्थाले तिहारका लागि १२ क्विन्टलभन्दा बढी सयपत्री फूल उत्पादन गरेको छ ।
तिहारका लागि माला बुन्न भ्याइनभ्याइ
घोराही उपमहानगरपालिका –१३ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्नलाई भ्याइनभ्याइ छ । तिहार पर्व सुरु भएसँगै बुढा सयपत्री पूmलको माला बुन्न व्यस्त हुनुभएको हो ।
बिरामी डिस्चार्ज भएपछि खाली भयो डिजास्टर वार्ड
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।
निकुञ्जभित्रबाट ४० किलो सुकुटीसहित चार पक्राउ
पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ ।
तिहार मान्न घर आएका सैनिक जवानमाथि कुटपिट
बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।
खुकुरी प्रहार गरी युवकको हत्या
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
प्रहरीद्वारा डेढ लाखको प्लाष्टिकका माला जफत
बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।
लक्ष्मीपूजाका दिनमा बाँकेका तीन स्थानमा आगलागी
एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत सर्ट भएर आगलागी भएको हो ।
तिहार नमनाउने मैकोट गाउँ
यतिबेला सबैतिर तिहारको रमझम छ । तिहारको तयारीमा सबै गाउँ तथा सहरका मान्छे जुटेका छन् । तर, रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ वडामा भने तिहारको कुनै मतलब छैन । यहाँका वडावासी परापूर्व कालदेखि नै तिहार मनाउँदैनन् ।
लक्ष्मीपूजामा जलाइएको दियोबाट सल्केर आगलागी
लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आज साँझ आगलागी भएको हो ।
‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माण गरिने
‘बाँके र बर्दियाका विभिन्न ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निमार्णका लागि डीपीआर सर्भे सुरु गरेको छ ।
कल्याणकारी कोष स्थापनार्थ देउसी भैलो
पत्रकार कल्याणकारी कोष स्थापनाका लागि प्रेस चौतारी नेपाल पाल्पा शाखाले देउसी भैलो कार्यक्रम गरेको छ ।
छोटी भन्सार पुनर्स्थापना गर्न प्रधानमन्त्रीसँग माग
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ ।
एकलैनी बजारमा तिहारको किनमेल
नेपालगन्जको सबैभन्दा पुरानो बजार एकलैनीमा तिहारको सामान किन्नेको भीड लागेको छ। तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुसी देखिएका छन्। लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि एकलैनी बजारमा खरिद गर्नेको भीड लागेको हो।
ज्येष्ठ नागरिकका लागि पार्क निर्माण सुरु
गुल्मीको सदरमुकाम तम्घासको गेष्ट हाउस टोलमा ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका १ मा अवस्थित पुरानो सिमलारुख भनिने हालको गेष्टहाउस टोलमा रहेको करिब ४ आनाको सार्वजनिक जग्गामा यहाँका स्थानीयले ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सुरु गरेका हुन् ।
२५ बिघाभन्दा बढी जग्गामा व्यावसायिक फूलखेती
दाङमा २५ बिघाभन्दा बढी जमिनमा फूलखेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।
घाइते पाटे बाघको उद्धार
बर्दियाको ठाकुरबाबा नगरपालिका –२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार गरिएको छ ।