• १४ जेठ २०८१, सोमबार

मोटरसाइकल ठोक्किँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

blog

रेखीराम राना

पाल्पा, कात्तिक २८ गते । पाल्पाको रामपुरमा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना गम्भीरसहित पाँच जना घाइते भएका छन् । 

सोमबार बेलुकी ६ बजेतिर रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु २१ प ५८४४ र रामपुरतर्फ नै गइरहेको लु २१ प ९९०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेहरूमा रामपुर–१० अदमाराका १६ वर्षीय आकाश सारू, सोही स्थानका १७ वर्षीय सुदीप सिंजालीमगर, स्याङ्जा जिल्ला चापकोट नगरपालिका–९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदीप भण्डारी र सोही स्थानका ६ वर्षीय बालक एलएस भण्डारी घाइते हुनुभएको छ । 

घाइतेहरूमध्ये आकाश, विदुर र सुदीपको अवस्था गम्भीर छ । घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।