भूकम्पपीडितका लागि २२ पिन्ट रगत सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूका लागि पाल्पाको रामपुरमा २२ पिन्ट रगत सङ्कलन गरिएको छ । रामपुर नगरपालिकाले रक्तदान कार्यक्रम गरी बिहीबार रगत सङ्कलन गरेको हो ।
नेपालगन्जमा पहिलो प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिँदै
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको देशकै दोस्रो सबैभन्दा ठुलो पौडी पोखरीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिने भएको छ । निर्माण भएको चार वर्षपछि सो पौडी पोखरीमा पहिलो पटक कुनै प्रतियोगिता हुन लागेको हो ।
बुटवलमा दीपावली महोत्सव हुने
बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो ।
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबिच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।
लेड मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड
लेड (सिसा) मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सप्ताह २०२३ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र काठमाडौँले एकीकृत सामाजिक विकास केन्द्र नेपालगन्जसँगको सहकार्य र उपमहानगरपालिकासँगको समन्वयमा यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् ।
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
सामुदायिक वनमा झुसिलकिराको प्रकोप
वर्षा ऋतुको अन्त्य शरदमा सामान्यतया चारैतिर हरियालीले भरिएको हुन्छ भन्ने सबैको बुझाइ छ । तर पाल्पाको निस्दी गाउँपालिका –५ स्थित बुढिकोट सामुदायिक वनमा रहेको सालका बोटहरु कात्तिक महिनामै फागुन–चैतको झल्को दिनेगरी उजाड भइसकेको छ ।
ट्रकको ठक्करबाट युवकको मृत्यु
बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
मर्मतमा ढिलाइ यात्रुलाई सास्ती
म्याद सकिएको २१ दिन बितिसक्दा पनि घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारीसाधन सञ्चालनसँगै धुलोका कारण जनताले दिनहुँ दुःख पाइरहेका छन् । करिब २७ किलोमिटर सडक मर्मतका लागि चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन् । २०८० असोज मसान्तसम्म सडक मर्मत गर्ने गरी गत असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
दुई महिनामा पच्चिस सय मेट्रिक टन केरा आयात
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने र आयातलाई विस्थापित गर्ने नीति बनाएर काम गरिरहेको छ तर यहाँस्थित नेपाल–भारत नाकाबाट निर्यात कम र आयात बढी हुँदै आएको छ । सो क्रममा चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा मात्रै यो नाकाबाट दुई हजार २६६ मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
परिर्वतन रोज्ने थबाङ गाउँ
कान्तिको उद्घमथलो रोल्पाको थबाङ गाउँपालिका १ र २ स्थित थबाङ गाउँ ।
त्रिभुवन आर्मी क्लबले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कप
बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ ।
खजुराले थप पाँच लाख बराबरको सहयोग गर्ने
बाँकेको खजुरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिम्का भूकम्प प्रभावितलाई थप पाँच लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्ने भएको छ ।
भूकम्पपीडितलाई एक लाख सहयोग
गुल्मीदरबार गाउँपालिकाले भूकम्पपीडितलाई एक लाख रुपियाँ सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो ।
गुल्मीमा पहिलो पटक गैरआवासीय नेपाली नागरिकता
जिल्ला प्रशासन कार्यालय गुल्मीले पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । मङ्गलबार पहिलो पटक रेसुङ्गा नगरपालिका–१ भीमचोकका भीष्म मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सो नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
टिपरले किच्दा महिलाको मृत्यु
पाल्पामा टिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
पाल्पाका किसान फूल खेतीमा आकर्षित
पछिल्लो समय पाल्पाका किसान फूल खेतीमा आकर्षित भएका छन् । कम मिहिनेतमा पनि राम्रो बजार पाएपछि यहाँका किसान फूल खेतीमा आकर्षित भएका हुन् ।
कारागार भित्र पुस्तकालय बनाइँदै
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन अभियान थाल्नुभएको छ । “कारागारमा पुस्तक अभियान” मार्फत गिरीले अहिले विभिन्न निकायबाट पुस्तक सङ्कलन गरिरहनुभएको छ ।
मादल बनाउने पेसा सङ्कटमा
घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि सोचअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताउनुभयो ।
घाइतेको उपचार पहिलो प्राथमिकतामा : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनुभएका भूकम्पका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
जाजरकोट भूकम्प : बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी
“मलाई बहिनीले दिदी बचाउनुस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगन्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो ।
प्रदेश सरकारको स्थायी संरचना बन्दै
लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले गति लिएको छ । अहिले लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षालयको संरचना प्रयोग गरेर प्रशासनिक कामकाज भइरहेको छ । दुई वर्षको अन्तरालमा प्रदेश सरकारले स्थायी संरचनाबाटै आफ्नो कामकाज सुरु गर्ने लक्ष्य बनाएको छ । गत वर्ष मङ्सिर १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी सारिएको थियो ।
लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
भूकम्पपीडितका लागि २५७ पिन्ट रगत सङ्कलन
गत शुक्रबार राति आएको भूकम्पमा परेर घाइतेहरूको उपचारका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन भएको छ ।