भेरीमा ४६ घाइतेको उपचार जारी
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकामध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४६ जनाको उपचार भइरहेको छ ।
भूतखोलामा डुबेर एकको मृत्यु
पाल्पामा एक जना युवाको डुबेर मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, स्थित भूतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको हो ।
प्रिन्सिपललाई पदमुक्त गरिएपछि मेडिकल कलेजको आन्दोलन फिर्ता
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल) भैरहवामा एक महिनादेखि जारी विद्यार्थी आन्दोलन सहमतिमा टुङ्गिएको छ ।
पाल्पामा धान उत्पादन घट्यो
पाल्पामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा समेत असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
थ्रेसर मेसिनमा परी हात चुँडियो
बैजनाथ गाउँपालिका–२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको वडा नं २ का वडा अध्यक्ष राजु रुचालले जानकारी दिनुभयो ।
भूकम्पपीडितलाई राहत
रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री गोल्ड कप: दुधौलीलाई ४-१ ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश
बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ मा दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।
भूकम्प प्रभावितलाई पठाइयो राहत सामग्री
बुटवल उपमहानगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । उपमहानगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङ्केट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णय अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपियाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपियाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।
असल राष्ट्रसेवक बन्ने रमेशको सपना
एक वर्षमै लोक सेवाका १० वटा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मीका रमेश भण्डारीले असल राष्ट्रसेवक बन्ने चाहना राख्नुभएको छ । गुल्मी जिल्लाको धुर्कोट–५, वस्तुका २५ वर्षीय भण्डारी हालै सङ्घीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । भण्डारीले माथिल्लो स्तरमा पुग्नका लागि प्रयास जारी राख्दै गर्दा सचिव र मुख्य सचिवसम्म पुगेर असल राष्ट्रसेवक बन्ने सपना रहेको बताउनुभयो । लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेको खुसी उहाँले सुनाउनुभयो ।
नेपालगन्जबाट नौ जुवाडे पक्राउ
तिहार नजिकिँदै गर्दा बाँकेमा जुवाडेहरू धमाधम पक्राउ पर्न थालेका छन् । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
गुल्मीमा १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तीन दिनभित्रै सबै ठाउँमा राहत पुग्छ : जनार्दन शर्मा
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो ।
भेरी अस्पतालमा ४१ जना घाइतेको उपचार जारी, सातको शल्यक्रिया
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४१ जनाको उपचार भइरहेको छ ।
राँझा विमानस्थलबाट आपत्कालीन उडान
जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपत्कालीन उडान भइरहेका छन् ।
व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी
गत शुक्रबार रामपुर आधारभूत विद्यालय रामपुर –५ पाल्पाका विद्यार्थीले दीपावलीका लागि माटोको पाला तयार गरे । परम्परागत शैलीमा कपासको बाटी काट्न पनि उनीहरूले सिके ।
भूकम्पमा बाँचेका भन्छन् : ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौँ अब केही नहोला कि’
‘‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँसु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
राहत कार्य एकद्वार बनाइने, प्रमुखको ६ महिनाको तलब भूकम्पपीडितलाई
विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले आफू अनुकलन राहत पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ ।
आगलागीले ३५ लाख बरावरको क्षति
गुल्मीको एक पसलमा आगलागी हुँदा ३५ लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपाला फेदीमा टोपबहादुर बस्नेतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।
एमाले बाँकेले पठायो पाँच लाखको राहत सामग्री
नेकपा (एमालें बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि पाँच लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली पाँच लाख बढीको विभिन्न राहत सामग्रीसहित जाजरकोट जानु भएको हो ।
भूकम्पमा घाइते गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालियो
भूकम्पमा परी घाइते भई भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो ।
भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो
भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।
१७ सय ग्राहकले बुझाए दुई करोड विद्युत् महसुल बक्यौता
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लाहरूमा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम खारेज : स्थानीय सरकार मर्कामा
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पूर्णरुपमा कटौती हुँदा मर्का परेको गुल्मीका स्थानीय सरकारका जनप्रतिनिधिले गुनासो गरेका छन् ।
भारत सरकारले दिएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्र पठाइँदै
भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।