• ३ जेठ २०८२, शनिबार

एमाले बाँकेले पठायो पाँच लाखको राहत सामग्री

blog

एमाले बाँकेद्वारा जाजरकोट पठाइएको राहत सामग्री । तस्विर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक २० गते । नेकपा (एमालें बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि पाँच लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली पाँच लाखभन्दा बढीको विभिन्न राहत सामग्रीसहित जाजरकोट जानु भएको हो । 

भूकम्प प्रभावितका लागि एमाले बाँकेले पार्टी सदस्य तथा जनवर्गीय समिति परिचालन गरी सहयोग जुटाएको थियो । त्यसरी सङ्कलन भएको चामल, दाल, तेल लगायतका खाद्यान्न र कम्बलसहित लत्ताकपडा लिएर टोली जाजरकोट गएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो । 

उहाँले एमाले बाँकेका नेता कार्यकर्ताबाट स्वतःस्फूर्तरूपमा प्राप्त सहयोग भुकम्प प्रभावितलाई पठाइएको जनाउँदै अन्य सहयोग रुकुमपश्चिमको प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताउनुभयो । 

उपाध्यक्ष विसीले एमाले बाँकेका विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताले यस अघि भूकम्प प्रभावितका लागि रक्तदान पनि गरिसकेको बताउनुभयो ।