तिलाचन पाण्डे
तम्घास, कात्तिक २० गते । गुल्मीमा १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बागलुङ घर भई जिल्लाको चन्द्रकोट गाउँपालिका–४ मा कोठा भाडा गरी बस्ने १५ वर्षीय किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा बाँकेको खजुरा घर भई चन्द्रकोट ४ बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरिएको हो ।
निजलाई ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत गुल्मीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । कात्तिक १७ गते किशोरीको शव चन्द्रकोट ४ को हुग्दी खोलामा मृत अवस्थामा फेला परेको थियो ।