सिराज खान
नेपालगन्ज, कात्तिक २३ गते। भूकम्प प्रभावितहरुको राहतक लागि भारत सरकारको तर्फबाट प्रदान गरिएको तेस्रो खेपको सामग्री बिहीबार नेपनलगन्ज आइपुगेको छ। भारतीय वायुसेनाको बिमानमार्फत राहतको तेस्रो खेप आज बेलुकी नेपालगन्ज बिमानस्थलमा आइपुगेको हो।
सो राहत सामग्रीलाई भारतीय राजदुतावासका प्रधम सचिव नवीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
तेस्रो खेपमा प्राप्त भएको राहत सामग्रीमा टेन्ट ठूलो खालको २४ पिस, फिटिङ्स (टेन्ट) १२ पिस, स्लिपिङ ब्याग २ हजार ९०० पिस, ब्ल्यांकेट २ हजार ८०० पिस, टेन्ट सानो खालको ६० पिस, फिटिङ्स ६० र मेडिकल सप्लाई सय केजी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
उहाँले प्राप्त राहत सामग्रीमा बांके प्रशासनमा संकलन भएको राहत सामग्री पनि थप गरी ट्रकहरुमार्फत जाजरकोट र रुकुमपश्चिममा बिहीबार नै पठाइएको बताउनुभयो । यसअघि पनि भारतले दुई खेप राहात सामग्री नेपालगन्ज बिमानस्थलमा वायु सेनाको जहाजबाट ल्याएको थियो ।
 
                                 
                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg)