• ३ जेठ २०८२, शनिबार

पाँच लाखभन्दा बढीको अवैध पटका नष्ट

blog

बाँके प्रहरीले बरामद गरेर नष्ट पार्न लागिएका अवैध पटकार । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २६ गते । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाखभन्दा बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।

भारतबाट विभिन्न नाका हुँदै अवैध रुपमा जिल्लाभित्र भित्र्याइएका प्रतिबन्धित पटका नियन्त्रणमा लिएर शनिबार जिल्ला प्रहरी कार्यालय परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

भारतबाट अवैध रुपमा भित्र्याइएका ती पटका नेपालगञ्जका विभिन्न स्थान र खजुरा गाउँपालिकाका विभिन्न वडाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएर नष्ट पारिएका पटकाको अन्दाजी मूल्य ५ लाख १६ हजार ७ सय ६० रुपियाँ रहेको प्रहरीले जनाएको छ । 

पटकाजन्य वस्तु हरेक वर्ष चाडपर्वका समयमा भारतका विभिन्न नाका हुँदै अवैध रुपमा नेपाल भित्रिने गरेको पाइन्छ । पटकाजन्य वस्तुले स्वास्थ्य, वातावरण तथा धनजनमा क्षति गर्छ । प्रशासनले पटकाजन्य वस्तुको ओसारपसार, विक्रीवितरण र पड्काउन प्रतिबन्ध लगाएको छ ।