• २७ वैशाख २०८२, शनिबार

प्रधानमन्त्री प्रचण्ड रोल्पामा

blog

रोल्पामा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै स्थानीय । तस्बिर : जयमान बुढामगर

जयमान बुढामगर
रोल्पा, कात्तिक २४ गते ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान रोल्पा पुग्नुभएको छ । रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन  प्रधानमन्त्री रोल्पा आइपुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीयवासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शय्याको रोल्पा अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी, प्रधानमन्त्रीले नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र रोल्पाले जनाएको छ ।