• १२ साउन २०८१, शनिबार

दुध सङ्कलनमा उत्कृष्ट बाणगङ्गा दुग्ध उत्पादक सहकारी

blog

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा रहेको दुग्ध उत्पादक सहकारी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक ३० गते । कपिलवस्तुका बाणगङ्गा नगरपालिकाका पशुपालक कृषकहरु दुग्ध उत्पादक सहकारीबाट लाभान्वित भएका छन् । नगरपालिकाको वडा  ८ बोडगाउँमा रहेको बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बिक्री वितरणमा सहज बनाएपछि कृषकलाई सहयोग पुगेको हो ।  

सहकारीमा ६ सय २३ जना कृषक आबद्ध रहेको सहकारीका अध्यक्ष राधेश्याम न्यौपानेले बताउनुभयो । नगरपालिकाका छ वडाका कृषकले उत्पादन गरेको दुध सङ्कलन गरी बिक्री वितरण गर्दैआएको छ । २०५१ सालमा स्थापना भएको सहकारी दुध उत्पादनमा जिल्लामा अब्बल रहेको न्यौपानेले दाबी गर्नुभयो ।  

सहकारीले कृषकलाई घाँसको बिउ, दाना वितरण गर्ने पशु बीमामा प्रोत्साहन, सहुलियत दरमा कर्जा वितरण गर्दैआएको व्यवस्थापक केशव कुँवरले बताउनुभयो । दैनिक १८ लिटरभन्दा बढी दुध उत्पादन गर्नेलाई बोनस रकम र सबै कृषकलाई प्रतिलिटर २ रुपियाँका दरले दुधमा अनुदान  दिँदैआएको छ । 

सहकारीले दुधमा भएको फ्याट र एसएनएफ गणना गरी प्रतिलिटर ६८ रुपियाँदेखि १ सय ३० रुपियाँ बढी सम्ममा दुध खरिद गर्दैआएको लेखा संयोजक टुकलाल पाण्डेले बताउनुभयो । 

दुध सङ्कलनका लागि ३ स्थानमा सङ्कलन केन्द्र र बोडगाउँमा चिस्यान केन्द्र सञ्चालनमा छ । ग्रामीण क्षेत्रमा मोटरसाइकल प्रयोग गरी दुध सङ्कलन भएको छ । दैनिक ३ हजार लिटर दुध सङ्कलन गरिँदैआएको छ । उपभोक्ताबाट खपत नभएको दुध दुग्ध विकास संस्थान, ग्लोबल डेरी प्रालिलाई बिक्री गर्दैआएको जनाएको छ । सहकारीले वार्षिक १० करोड रकमको कारोबार गर्दैआएको छ ।