• २४ साउन २०८१, बिहिबार

कल्भर्टमुनि बेवारिसे शव फेला

blog

कल्भर्टमुनि मृत व्यक्तिको शव निकाल्दै स्थानीय र प्रहरी । तस्विर सौजन्य : विनय दिक्षित

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक ३० गते । बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका-३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो फेला परेको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।