• ९ जेठ २०८१, बुधबार

भूकम्प प्रभावितलाई टहरा बनाउँदै पाल्पाली टोली

blog

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणमा खट्दै टोली । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर ११ गते । भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा अस्थायी टहरा निर्माणमा पाल्पाबाट गएको टोली खटिएको छ । गत मङ्सिर ५ गतेदेखि नै रुकुमपश्चिमको आठबिस्कोट नगरपालिका –१३ घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरेको हो ।  

हालसम्म पाल्पाबाट गएको टोलीले भूकम्प प्रभावितका लागि १८ वटा टहरा निर्माण गरेको पाल्पा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । नेकपा (एमाले) को राष्ट्रिय अभियान अन्तर्गत भूकम्प प्रभावित नागरिकको पुनर्स्थापनाका लागि आफूहरू एक सातादेखि रुकुमपश्चिममा खटेको उहाँले बताउनुभयो  । 

भूकम्प प्रभावितको राहत र अस्थायी आवास निर्माणका लागि एमाले पाल्पाबाट युवा, विद्यार्थी तथा पार्टीका नेता कार्यकर्ता सहभागी भएको युवा सङ्घका नेता राजेश भट्टराईले जानकारी दिनुभयो । आफूहरूको टोलीले बनाएको अस्थायी घर टहरा निर्माण सम्पन्नपछि हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।