• ९ जेठ २०८१, बुधबार

चालकलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध

blog

नेपालगन्जको धम्बोझी चोकमा सडक जाम गर्दै मृतकका आफन्तहरू । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर ११ गते । दुर्घटना गर्ने  ट्याङ्कर चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा मृतकका परिवार तथा आफन्तले सडक अवरुद्ध गरेका छन् । भारतबाट इन्धन लिएर आएको ट्याङ्करले ठक्कर दिँदा आइतबार बेलुकी नेपालगन्ज १७ की १७ वर्षीया बालिका शालिनी पाठकको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीय धम्बोझी चोकमा बेलुकी ६ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का दिलीपकुमार पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्करबाट बालिकाका बुबा पाठक घाइते हुनुभएको छ । उहाँको अहिले पनि नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै उनीहरूले धम्बोझी चोकमा टायर बालेर सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।