‘धर्मसंस्कृति र सभ्यताले मानसखण्ड क्षेत्र समृद्ध छ’
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनीधि सभा सदस्य आरजु राणा देउवाले सुदूरपश्चिम काठमाडौंबाट सुदूर भए पनि सनातन धर्म, संस्कृति, सभ्यताका हिसावले केन्द्रमा रहेको बताउनुभएको छ । तीन दिने मानसखण्ड सम्मेलनको सोमबार भएको समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मानसखण्डको ठूलो महत्व रहेको चर्चा गर्दे यस क्षेत्रको विकासमा मानसखण्डको भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
जनतामा देखिएका नैराश्यता हटाउँछौँ : नेता गुरुङ
नेपाली कांग्रेसका नेताहरूले नेपाली जनतामा अहिले बढ्दैगएको नैराश्यता हटाउने बताउनुभएको छ । कांग्रेस चितवनले सोमवार चितवन क्षेत्र २ को विभिन्न स्थानमा भएका चुनावी सभामा नेताहरूले सो कुरा बताउनुभएको हो ।
शोक प्रस्ताव पारित
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सहमति नहुँदा बाँकी क्याम्पसमा निर्वाचन हुन सकेन
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सकिँदैछ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा थप एक महिनाको समयसीमा भित्र पनि निर्वाचन हुन नसकेपछि समय समापन हुन लागेको हो ।
‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी हुँदै समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
सङ्घीय निजामती ऐन छिट्टै संसदमा पेस गर्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सङ्घीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
बारा क्षेत्र २ मा पाँच दलीय गठबन्धनको चुनावी सभा हुने
पाँच दलीय गठबन्धनले बारा निर्वाचन क्षेत्र २ अन्तर्गतको महागढीमाईस्थित बरियारपुरमा चुनावी सभा गर्ने भएको छ ।
सुराकी खर्च खारेजदेखि मिटरब्याज पीडितसँगको ऐतिहासिक सम्झौतासम्म
वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी वि.सं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ ।
‘विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैन : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नगई अघि नबढ्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटबाट बैठक सुरु भएको हो ।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रमुख दलबीच सहमति
प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ ।
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ ।
कर्णाली मन्त्रिपरिषद् गठन : कांग्रेस–माओवादीबीच जुट्यो सहमति
कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो ।
तीन तहको सरकार खारेज हुनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन तहको सरकार खारेज गर्नुपर्ने बताउनुभएको छ ।
तीन दलका शीर्ष नेताबीच बालकाेटमा भेटवार्ता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।
ओली निवासमा जानुहुँदै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा
नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ ।
शीर्ष तीन नेताबीच छलफल आज
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा सोमबार छलफल हुँदै छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो।
सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको “कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी” विषयक कार्यक्रमलाई आइतवार राति भर्जुअल सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
एमाले वार्ता कमिटीसँग नेता रावलको सकारात्मक छलफल
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलसँग वार्ता गर्न गठित वार्ता कमिटीले आज आइतबार दुई पक्षीय वार्ता गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज विहान भएको वार्ता सकारात्म भएको बताइएको छ ।
मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली
गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ।
एमाले अध्यक्ष ओली अस्वस्थ
भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो ।