• १८ असार २०८१, मङ्गलबार

नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न सगरमाथामा

blog

ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु हुँदै ।

काठमाडौं, जेठ १६ गते। सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ। 

उहाँहरूले जेठ १० गते सगरमाथा आरोहणको क्रममा झण्डा र निर्वाचन चिह्न फहराउनु भएको हो। सगरमाथा आरोहणपछि आज आज नाम्चे आइपुग्नु भएका आरोही शेर्पाद्वयले सो जानकारी दिनुभएको हो।

आरोही ग्याल्जेन ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिकाका वडा नम्बर ९ दरखर्क र पेमारिन्जी सोही पालिकाको छेर्मादिन ओङदीडाँडा निवासी हुनुहुन्छ। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सचिव अजय लुइटेलले नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत रहनुभएका आरोहीद्वयले पार्टीको भण्डा र चिह्न विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउनुले कांग्रेसका तमाम नेता, कार्यकर्ता र मतदातामा उत्साह थपिएको बताउनुभयो।

उहाँलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ चैत ११ गते नेपाली कांग्रेसको झण्डा र रूख हस्तान्तरण गर्नुभएको थियो।