• १२ वैशाख २०८१, बुधबार

कूटनीतिक नियोगको पुनरवलोकन

blog

काठमाडौँ, जेठ १६ गते । सरकारले बजेट वक्तव्यमार्फत विदेशस्थित कूटनीतिक नियोगहरूको पुनरवलोकन गर्ने घोषणा गरेको छ। अन्तर्राष्ट्रियस्तरमा देशको छवि उत्कृष्ट राख्ने र आर्थिक लगानी भित्र्याउने उद्देश्यसहित विभिन्न मुलुकमा स्थापित कूटनीतिक नियोग स्थापना गरिएका छन्। 

पछिल्लो समय देशको आर्थिक खर्च सन्तुलनमा राख्नुपर्ने भएकाले विदेशस्थित कूटनीतिक नियोगमा हुने खर्च कटौती गर्नकै लागि तत्काल नियोगहरूको पुनरवलोकन गर्ने योजना अगाडि सारिएको बताइन्छ। गत वर्ष पनि आवश्यकता र औचित्यताका आधारमा पुनरवलोकन गर्ने भनी घोषणा गरिएको थियो। साथै आवश्यक परेको स्थानमा भर्चुअल सेवा दिइने भनिएको थियो। 

जोडिएर रहेका कतिपय युरोपेली मुलुकमा देशैपिच्छे दूतावास छन्। पूर्वराजदूत जयराज आचार्यले कूटनीतिक नियोगको सङ्ख्या पुनरवलोकन गर्नु जरुरी रहेको बताउनुभयो। स्पेन, क्यानडालगायतका कतिपय देशमा नजिकका अर्को मुलुकका दूतावासले नै सेवा दिँदा सरकारको खर्च बचत हुन्छ। वैदेशिक रोजगारीका लागि धेरै नेपाली गएका मध्यपूर्वका मुलुकमा एक अर्को देशमा रहेका दूतावासले गाभिएर सेवा दिइरहेका छन्। त्यस्ता मुलुकमा पनि घटाउनेभन्दा पनि दूतावास र कर्मचारी दुवै थपेर सेवा दिनुपर्ने पूर्वराजदूत डा. आचार्यले सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “काम गर्न गएका नेपाली दुःख पाइरहेका छन्। बेखर्ची भइरहेका छन्। कतिपयमा जेलमा परेका छन्। तिनका लागि देशले हेर्नैपर्छ।”