• २५ चैत २०८२, बुधबार

इलाम गोल्डकप वैशाखमा

blog

इलाम गोल्डकपको तयारीका बारेमा जानकारी दिँदै आयोजक । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत २५ गते । आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने भएको छ । ‘एन आरएन ए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलाम स्थित रेडहर्ष फूूटबल क्लब रहेको छ । 

वैशाख ५ देखि वैशाख १२ सम्म आयोजना हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरी विभिन्न आठ टिमको सहभागीता हुने निश्चित जस्तै भएको आयोजक रेडहर्ष फूूटबल क्लबले  जनाएको छ । 

यसपटकको इलाम गोल्डकपको विजेता टिमले १० लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै रेफ्री, विधागत पुरस्कारहरू पनि रहेको जनाइएको छ । 

करिब ७८ लाख भन्दा बढी हुने अनुमान गरिएको यो प्रतियोगिताका लागि विभिन्न दाता र कम्पनीहरूसँग सहकार्य र कुराकानी भइरहेको क्लबका अध्यक्ष सुजितसिंह खत्रीले जानकारी दिनुुभयो ।