सङ्घर्षका सारथि कमरेड शिला
“जति सक्छु, म देश, जनता र पार्टीको सेवामा लाग्छु, मलाई मन्त्री बन्नु छैन । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले नै गर्दै हुनुहुन्छ नि,” शालीन, सरल र स्पष्ट स्वभावकी धनी सीता दाहालले झन्डै दशकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान दिल्लीमा ‘पार्टी अध्यक्षकै श्रीमती हुनुहुन्छ, सँगै जनयुद्ध लड्नुभयो, अब त तपाईंलाई पनि मन्त्री बन्न मन होला नि ?’ भन्ने प्रश्नमा यही जवाफ दिनुभयो ।
नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य
राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी दफामा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर हुनुपर्ने व्यवस्था छ ।
दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्यांकन गर्नेछ : समाजवादी मोर्चा
समाजवादी मोर्चा, नेपालले नेकपा (माओवादी केन्द्र)का सल्लाहकार परिषद्का सदस्य एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ।
अदालतमा दुई वर्ष भन्दा पुराना मुद्दा बाँकी छैनन् : प्रधानन्यायाधीश कार्की
सर्वोच्चदेखि जिल्ला अदालतसम्म दुई वर्षभन्दा पुराना मुद्दाको फछ्यौट गर्न बाँकी नरहेको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताउनुभएको छ ।
कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।
पार्टी नयाँ पुराना भन्दा सिद्धान्त ठूलो हो : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मिसन ग्रासरुटले नयाँ कुराहरु पत्ता लागेको बताउनुभएको छ । प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुग्नुभएका ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
कांग्रेस सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
दाहालको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्म पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित गरिएको छ।