• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिममा गणतन्त्र दिवस मनाइयो

blog

गणतन्त्र दिवस कार्यक्रममा सहभागीहरु । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, जेठ १५ गते । सुदूरपश्चिम प्रदेश सरकारले १६ औ गणतन्त्र दिवस सोमबार धनगढीमा भव्यताका साथ मनाएको छ । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले परिवर्तनले जनताको जीवनस्तर सुधार हुनुपर्ने बताउनुभयो । 

प्रदेशको समृद्धि र जनताको जीवनस्तर सुधार्ने गरी प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो । मन्त्री सिंहले कानुनी आधारमा रहेर प्रदेशको विकासमा सरकार लागिपरेको दाबी गर्दै युवाको जवानी विदेशमा होइन स्वदेशमा खर्चिने वातावरण बनाउने बताउनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सभाका सदस्यहरू, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरूको उपस्थिति थियो । 

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू आयोजना गरिएको थियो । त्यसअघि धनगढी बजारमा प्रभातफेरी समेत आयोजना गरिएको थियो ।