शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                नविन सुवेदी
सुर्खेत, जेठ १५ गते  । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प समाजवाद मात्र हुनसक्ने बताउनुभएको छ । १६औँ गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले सो कुरा बताउनुभएको हो । 
मुख्यमन्त्रीले शर्माले जनतालाई जिस्क्याउने काम कसैले नगरोस् जनतालाई भ्रमित कसैले गर्न हुँदैन । देश अप्ठ्यारोमा परेको बेला सम्पूर्ण राजनैतिक दलहरु एकजुट भएको बताउँदै समृद्ध कर्णालीका लागि आफू प्रतिबद्ध रहेको जिकिर समेत गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेले कुनै एउटा पार्टीको गल्तीले राजतन्त्रको स्थापना हुन नुसक्ने बताउनुभयो । कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख तिलक परिवार लगाएत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । 
 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                