• १५ चैत २०८०, बिहिबार

गणतन्त्रको १५ वर्षका १५ उपलब्धि (पूर्णपाठ)

blog

काठमाडौं, जेठ १५ गते। नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएको छ। जनप्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता हो। 

जनयुद्ध र जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो शाहवंशीय राजा परम्पराको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गणतन्त्रको १५ वर्षका उपलब्धि सार्वजनिक गरेको हो।  

समावेशिता, सङ्घीयता कार्यान्वयन, आर्थिक विकास, शान्ति सुरक्षा र सुशासन, ऊर्जा विकास, पूर्वाधार विकास, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास, दूरसञ्चार तथा सूचना प्रविधि, आमसञ्चार र पत्रकारिता, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तरसम्बन्धित क्षेत्र गरेर विभिन्न १५ सवाललाई पुस्तिकामा समेटिएको छ।  सञ्चार मन्त्रालयले प्रकाशित गरेको ‘गणतन्त्रका १५ वर्ष’को

पूर्णपाठ :