• ८ वैशाख २०८१, शनिबार

वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन

blog

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आबका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपियाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो ।

चालु आबमा वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपियाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपियाँ ऋण आउने अनुमान गरिएको थियो ।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्व रहने छ । तर सरकारले चालु आवमा अनुमान गरिएको भन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ ।