जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ।
ममाथि आधारहीन र भ्रामक आरोप लगाइयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आधारहीन, असत्य र भ्रामक आरोप लगाएर सरकारले जनतालाई गुमराहमा पार्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक आज साँझ ६ बजेका लागि निर्धारण भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै साँझ ६ बजे बैठक बस्ने जानकारी दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको छ । बैठक नियमित विषयमा छलफलका लागि बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
आयोगको सिफारिस कार्यान्वयन गर्न समिति बनाएर काम गरेका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनका लागि सहसचिव स्तरीय समिति बनाएर काम गरिरहेको बताउनुभएको छ।
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज (शुक्रबार) न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
‘रेशम चौधरीको आममाफीको फाइल गृहमा पठाइयो’
राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहनुभएका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृह मन्त्रालय पठाइएको छ ।
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत हुनुभएको छ ।
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
‘जनताले फेरि आन्दोलन गर्न नपर्ने गरी गणतन्त्र प्राप्त भएको छ’
मन परेको व्यक्ति, मन परेको दल छान्ने । मन नपरे परिवर्तन गर्ने । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भन्नुभयो, “आफूले चाहेको आफ्नो प्रतिनिधि जिताएर त्यसमार्फत परिवर्तन गर्ने संविधानको सुनिश्चित्ता गरेका छौं ।”
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । आज (शुक्रबार) बाट पक्राउ परेका १६ जनाको बयान लिन सुरु हुने भएको हो ।
‘सरकारलाई उत्तरदायी बनाउन संसदीय समिति सक्रिय हुनुपर्छ’
पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सरकारलाई उत्तरदायी बनाउन प्रदेश सभा र प्रदेश सभाका समिति अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
ओलीलाई भ्रष्टाचारी करार गरिएको भन्दै सरकारसँग माग्यो एमालेले जवाफ
नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गर्नुभएको छ ।
एमालेले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित
नेकपा (एमाले) का सांसदहरूले बेल घेराउ गरेका छन् । बेल घेराउसँगै प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री र सांसदबीच सवाल–जवाफ
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज (शुक्रबार) संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको १३ औँ बैठक सुरु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
सङ्घीयता अध्ययनका लागि आयोग गठनको बहस
सरकारले गत चैत्र २३ गते सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीय संरचनालाई चुस्त बनाउन उच्चस्तरीय आयोग बनाउने बताएको छ ।
निर्वाचनबाटै गणतन्त्र र अधिकार स्थापना
२०७९ वैशाख ३० गते दुई दशकपछि दोस्रो पटक स्थानीय तहको आवधिक निर्वाचन सम्पन्न भयो। निर्वाचनबाट स्थानीय तहमा महिलाको प्रतिनिधित्व करिब ४१ प्रतिशत पुगेको छ। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा ९.८५ प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएका थिए। २०४९ को निर्वाचनमा महिला प्रतिनिधित्व ०.४८ प्रतिशत मात्रै थियो।
सवारी कसुरमा सर्वोच्चको नयाँ सिद्धान्त
सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ। दोहो-याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्याख्या गरेको हो। सवारी चालक इजाजतपत्र नभए पनि दुर्घटना भएमा लापरबाही मान्न नमिल्ने बृहत् पूर्णले व्याख्या गरेको हो।
प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य तीव्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएपछि हुने लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्। यसका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सव्रिmय भएको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ। भ्रमणको सम्भावित मिति जेठ १७ देखि २० गतेसम्म तय भएको छ तर अर्को मिति त्यसैमा भ्रमण तालिका मिलाउने वा अर्को मिति तय गर्ने भन्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबिच आपसी समन्वय गर्ने काम भइरहेको छ।
सत्र वर्षदेखि थन्कियो २० मेट्रिकटन रक्तचन्दन
सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन [काठ] जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।
माओवादी उपाध्यक्ष सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ।
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ।