काठमाडौं, जेठ १५ गते। राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ।बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना पारित गरेको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बजेटसँगै संसदमा टेबुल हुने वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको हो।
आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठक दस्ताबेज पारित गरेको हो।