• ८ पुस २०८१, सोमबार

समान अधिकारका लागि महिला आन्दोलन : अध्यक्ष ओली

blog

राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली ।

काठमाडौं, जेठ १६ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले महिला आन्दोलन  समान अधिकारका लागि भएको बताउनुभयो। राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनः अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले महिला आन्दोलन पुरुषको भाग खोस्ने भन्ने भ्रमको रुपमा बुझ्न नहुने बताउनुभयो। 

अध्या ओलीले भन्नुभयो, “महिला आन्दोलन भनेको पुरुषको भाग खोज्ने आन्दोलन होइन। कमसेकम समान अधिकारमा जाउँ। जुन समाजका दुई पाङ्ग्रा, महिला र पुरुषलाई समान अवसर स्वीकार गर्न सक्दैनन् भने सभ्यतामा पुगेकै छैन। महिलालाई बराबर मान्न सकिँदैन भनेको आमालाई पनि आफू बराबर मान्न सकिँदैन भनेको हो।” 

उहाँले समान अधिकार नपाउनु भनेको अकल्पनीय पछौटेपन रहेको औल्याउनुभयो। “भन्नका लागि मात्र असमानता होइन, समाजको विकास, मानव सभ्यताको सुन्दरता र वास्तविक सभ्यतामा पुग्न यो जरुरी छ”, उहाँले भन्नुभयो। 

अध्यक्ष ओलीले भन्नुभयो, “यो समाज परिवर्तन, राजनीतिक जागरण र सहयात्राबाट सम्भव हुने कुरा हो। संकीर्ण ढंगको महिलावादी होइन, समानतावादी बनाए पुग्छ। यसलाई पुरुष विरोधी ठान्नुपर्ने आवश्यकता छैन। पुरुष मानसिकता मात्रै होइन, महिला मानसिकताको पनि त्यतिकै कुरा छ।”